धरान: दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका किरात थाक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवास हुक्पाचोङवाङ प्रहरी नियन्त्रणबाट मुक्त भएका छन् ।

पीडित भनिएकी महिला बर्षा श्रेष्ठसँग मिलापत्र भएपछि प्रहरीले उनलाई भर्खर छोडेको हो । चासोक तङनाम साँस्कृतिक उत्सव समापन भएपछि बुधबार बिहान उनी धरान १५ स्थित चुम्लुङ हिमबाट पक्राउ परेका थिए । उत्सवमा स्टल राखेकी श्रेष्ठसँग विवाद भएपछि उनको श्रीमान्लाई हातपात गरेको आरोप थियो । यस्तै, प्रहरीसँग पनि दुव्र्यवहार गरेको आरोपमा अध्यक्ष चोङवाङ पक्राउ परेका थिए । उनीविरुद्ध पीडित भनिएकी श्रेष्ठले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

दिउँसो चुम्लुङ नेतृत्वसहित बुद्धिजिविहरुको पहलमा मिलापत्र भएपछि छुटेका हुन् । निवेदक श्रेष्ठले माफी दिने र जोहरी फिर्त लिने सहमति जनाएकी थिइन् । सोही सहमतिको आधारमा प्रहरीमा जोहरी फिर्ता माग गर्दै निवेदन दिएपछि अध्यक्ष चोङवाङ छुटेको पहलकर्ता ताजुब लिम्बूले जानकारी दिए । 'माफी दिने र निवेदन फिर्ता माग्ने सहमति भएपछि उहाँले जाहेरी फिर्ता पाउ भनेर निवेदन दिनुभयो । यसको आधारमा अध्यक्ष ज्यु छुटिसक्नु भयो,' उनले भने ।