इटहरी : दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगीताको तेस्रो दिन बुधबार भएको खेलमा जित हात पर्दै आयोजक जनता बहुमुखी क्याम्पस सेमीफाइनल प्रवेश गरेको छ ।
खेलमा नमूना कलेज इटहरीलाई २–० गोल अन्तरले पराजित गर्दै जनता सेमीफाइलन प्रवेश गरेको हो । खेलको ६ औँ मिनेटमा जनताको लागि प्रवेश केसीले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, १५ औँ मिनेटमा मुकेश चौधरीले गोल गर्दै टिमलाई २ गोलले अग्रता दिलाए । खेलमा नमुनाले गोल गर्न नसकेपछि जनताको सेमीफाइनल यात्रा पक्का भयो ।

विद्यार्थी खेलकुद समिति, जनता बहुमुखी क्याम्पसद्धारा आयाजित प्रतियोगीताको बिजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेता हुने टीमले ७ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष बिनोद खड्काले जानकारी दिए ।