ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट दैनिकले “बाह्रदर्शीका तीन कार्यालय सुनसान” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । झापाको बाह्रदशी गाँउपालिकाका तीन वटा सरकारी कार्यालयमा बुधबार सञ्चारकर्मी पुग्दा कार्यलय सुनसान भेटिएका छन् । गाउँपालिकासंगै जोडिएका पशु सेवा कार्यलय, कृषि कार्यालय र स्वास्थ्य शाखा कार्यलय खुले पनि कार्यलय प्रमुखहरु भेटिएनन् । स्वनस्थ्य शाखा त खुलेकोसम्म थिएन । पशु सेवा शाखाका प्रमुख देवकुमार यादव आईतबार अपरान्ह १ बजेसम्म कार्यलयमा हाजिर भएनन् । उनीसंग सञ्चारकर्मीले सम्पर्क गर्दा घरमा नानी विरामी भएकाले आउन ढिलाई भएको जवाफ दिए ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाईम्स दैनिकले “कर्मचारीका माग पुरा भएन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सरकारद्धारा जारी कर्मचारी समायोजन अध्यादेश २०७५ ले वृद्धि विकासमा विभेद गरेको भन्दै त्यसलाई सच्याउन गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुका मागका बारेमा ठोस सुनुवाई नगरी सरकारले अध्यादेश लागु गर्दै कर्मचारी समायोजन सुरु गरेको छ । उनीहरुका माग अध्यादेश मात्र नभइ आउने कानुनमा समावेस गरिने आश्वसन सम्म दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार वेभसाइटमा सुचना निकालेर समायोजनका लागि २१ दिनभित्रमा आवेदन दिईसक्न कर्मचारीलाई आग्रह गरेको हो ।

विष्फोटन : धरानबाट प्रकाशन हुने विष्फोटन दैनिकले “ऐन विपरित प्रदेश सांसदले लिए घर भाडा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आफेले बनाएको ऐन विपरीत प्रदेशसभा सदस्यहरुले आवास सुविधा लिएको पाइएको छ । प्रदेशसभाले गत जेठ १३ गत्ते पास गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को व्यवस्था विपरित ६ जना प्रदेशसभा सदस्यले आवास सुविधा लिएको पाइएको हो । ऐनमा प्रदेशसभाबाट १५ किलोमिटर आसपास घर हुने सांसदले आवास सुविधा नपाउने व्यवस्था छ । तर सङ्घीय समाजबादी फोरमका संसदीय दलका नेता जयराम यादव, नेपाली कांगे्रसकी सांसद शान्ता पौडेल र बिन्दिया कार्कीले विराटनगर भित्र घर भएर पनि आवास सुविधा लिएका छन् ।