बोको हरामले राखेको विद्युतीय धरापमा परेर इन्डोनेसियामा १३ सुरक्षाकर्मी मारिएका छन् । मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर, अर्को एक स्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दाबी गरेको छ ।

बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राति अबेर बोकोहरामका लडाकुहरूले विद्युतीय धराप राखेका थिए । ‘प्रहरी र सैनिक गरी १३ जनाको दुःखद निधन भएको छ,’ सैन्य अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।