इटहरी: दोस्रो जेएमसी च्यालेन्ज कपको चौथो दिन बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनता ए फाइनलमा प्रवेश गरेको छ । 

आयोजक ए र सिबी कलेजबीच भएको सेमिफाइनल खेलमा २–१ गोलअन्तरले जित हात पार्दै आयोजक फाइनल प्रवेश गरेको हो । यस्तै, इटहरीको जनता मावि (सानो जनता) र सुष्मा गोदावरी कलेजबीच भएको खेलमा जित हात पार्दै जनता मावि सेमिफाइनलमा प्रवेश गरेको छ । जनताले शुष्मालाई २ गोलले पराजित गरेको थियो । 

शुक्रबार फाइनलमा पुग्नका लागि आयोजक जनता (बी) र सानो जनता बीच प्रतिष्पर्धा हुनेछ । शुक्रबारको बिजेता हुने टीम र आयोजक जनता ए बीच आइतबार फाइनल खेल हुनेछ । विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसद्धारा आयाजित उक्त प्रतियोगीताको बिजेता हुने टीमले नगद दश हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेता हुने टीमले ७ हजार सहित  ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजक समितिका अध्यक्ष बिनोद खड्काले जानकारी दिए ।