पथरी: मोरङ्गको पथरीमा नगरस्तरिय महिला फुटवल प्रतियोगीता हुने भएको छ । पुष १४ वाट सुरु हुने सो प्रतियोगितामा मोरङ्गका ६ वटा नगरपालिकाका खेलाडीको सहभागीता रहने आयोजक अखिल र अखिल क्रान्तिकारी इकाई पथरी बहुमुखी क्याम्पसले जानकारी दिएको छ । 

विहिवार पथरीमा पत्रकार सम्मेलनमा प्रतियोगिताको विजेताले २५ हजार नगद र ट्रफि तथा उपविजेताले १५ हजार नगद र ट्रफि पाउने  खेल संयोजक निता राइले जानकारी दिइन्  । प्रतियोगीतामा उत्कृष्ट खेलाडी,उदयमान खेलाडी,उच्च गोलकर्ता पुरस्कृत हुने भएका छन भने प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाइ म्यान अफ दि म्याच प्रदान गरिने छपत्रकार सम्मेलनमा वोल्दै अखिल पथरी वहुमुखी क्याम्पस अध्यक्ष जनक पोखरेलले प्रतियोगिता संन्चालन गर्न करिव १ लाख ५० हजार खर्च हुने जानकारी दिए । मोरङ्ग उर्लावारी,पथरीशनिश्चरे,उर्लावारी,लेटाङ्ग,सुन्दरहरौचा र वेलवारीले प्रतियोगितामा सहभागीता जनाउने छन् ।

 राष्ट्रिय खेलकुद परिषद र नगर खेलकुद समिती पथरीशनिश्चरेले आर्थिक सहयोग गरेको प्रतियोगिता पथरीको सुनखरी खेल मैदानमा सन्चालन हुने छ । सो प्रतियोगिताको फाइनलमा राष्ट्रिय महिला फुटवल खेलाडी सरु सुव्वा र दिपा न्यौपानेलाइ सम्मान गरिने भएको छ । विवेक न्यौपाने ले संन्चालन गरेको पत्रकार सम्मेलनमा नगर खेलकुद समितीका अध्यक्ष मनि लिम्वुले समेत वोलेका थिए ।