धरान : पूर्वको चर्चित पर्यटकीयस्थल भेडेटारमा नयाँ होटल खुल्ने क्रम बढ्दो छ । भेडेटारमा नयाँ सुविधा सम्पन्न विनायक होटल, रेष्टुरेण्ट एण्ड लज सञ्चालनमा आएको छ ।

भेडेटार घुम्न आउने पर्यटकलाई लक्षित गरी होटल विनायक सञ्चालनमा आएको हो । युवाहरुले करिब ४० लाख रुपैँयाँको लगानीमा होटल सञ्चालन गरेका हुन् । विनायक होटलमा नेपाली र ईन्डियन परिकारहरुको स्वाद लिन सकिने सञ्चालकको भनाई छ । होटलको औपचारीक शुभारम्भ भने पुष १३ गत्ते शनिबार हुने होटल सञ्चालकमध्येका विनोद पोख्रेलले बताए ।

b 2

भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । अझ भेडेटारको भ्यू टावर अर्थात चाल्र्स प्वाइन्ट, शंखेश्वर महादेव, पाथीभारा, नमस्ते झरना यहाँको गन्तव्यहरु हुन् । यहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ ।