इटहरी : इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले इटहरीस्थित ट्याङग्रा पूलको मर्मत चाडै गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
जोगवनी धरान राजमार्गअन्र्तगत ६ लेन सडक प्रगतिवारे विराटनगरमा आयोजित समीक्षा कार्यक्रममा मेयर चौधरीले यथासिघ्र मर्मत गर्न आग्रह गरेका हुन् । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की लगायत सहभागी कार्यक्रममा मेयर चौधरीले भने,‘जनताले यो काम नगरपालिकाले किन नगरेको भनेर प्रश्न गर्छन, तर यो काम संघीय सरकारको क्षेत्राधिकारमा पछ । हामीले काम छिटो गर्न दवाव सृजना गर्ने हो,काम यथाशिघ्र हुनुपरयो ।’

कार्यक्रममा सहभागी सडक डिभिजन कार्यालयका इन्जिनियरले ट्याडग्रा पूल मर्मत संहार कार्य १ महिना भित्रमा गरिसक्ने प्रतिवद्धता जनाएका थिए । टयाङग्रापूल मर्मत संहार नहुदा यातायात आवागमनमा समस्या हुदै आएको छ । पुलको दुवै पट्टिका रेलिङ भत्किएको छ भने पुलमा खाल्डाखुल्डी बनेको छ । लामो समयदेखि सम्वन्धित पक्षले चासो नदिदा सर्वसाधारणलाई हैरानी भइरहेको छ । त्यहाँ दिनमा पटक पटक सवारी जाम समेत हुदा यात्रुहरु पीडित हुदै आएका छन ।