धरान : एचआइभि संक्रमितहरु अहिले पनि समाजवाट तिरस्कृति भइने डरले खुल्न नचाहने धरान पोजेटिभ समूहका अध्यक्ष खगेन्द्र खड्काले बताएका छन् ।

समाजवाट अपहेलित भइने भन्दै उनीहरु अफ्नो समस्या लुकाएर बस्ने गरेको उनको भनाई छ । बिहिबार बगरकोटमा च्यारिटी रकम हस्तान्तरण कार्यक्रममा अन्र्तक्रियात्मक भनाई राख्दै अध्यक्ष खड्काले एचआइभि संक्रमित व्याक्ति पनि समाजका अन्य मानिसहरु जस्तै भएकोले समाजले हेर्ने दृष्टिकोण बदल्नु पर्नेमा जोडदिए । ‘समाजले अवहेलना गर्ने डरले एचआइभि संक्रमितहरु खुल्न चाहन्दैनन्, त्यसैले उनीहरुको जीवन झनै कठिन हुँदै जान्छ, समाजले हुर्ने दृष्टिकोण बदल्नुपर्छ,’उनले भने,‘एचआइभी संक्रमितहरुलाई पनि सहज जीवन यापन गर्ने वातावरण तयार हुनुपर्छ ।’

अहिलेसम्म सम्पर्कमा आएका संक्रमितहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी सेवन गराइरहेको समेत उनले बताए । धरानमा अहिले ५ सय ८३ जनाले औषधी सेवन गरिहेका छन् । यस्तै, सुनसरी सदरमुकाम इनरुवा अस्पतालमा पनि ४९ जनाले औषधि सेवन गरिहेको अध्यक्ष खड्काले जानकारी दिए ।

एचआइभि संक्रमित वालवालिकालाई ३५ हजार बढी रकम प्रदान

एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको सहयोगार्थ क्रिसमसको अवसरमा गरिएको ‘डिजे स्याडो च्यारिटि नाइट’ बाट संकलित रकम विहीबार धरान पोजेटिभ समूहलाई प्रदान गरिएको छ । धरान–१५ बगरकोटस्थित एमएच विविक्यु हाउसको अयोजना तथा धरान पोजेटिभ समूहको सहकार्यमा पौष ६ गते गरिएको डिजे च्यारिटि नाइटबाट संकलित नगद ३५ हजार ३०५ रुपैयाँ समूहलाई प्रदान गरिएको हो ।

एमएच विविक्यू हाउस परिषरमा गरिएको रकम हस्तानतरण कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमनकुमार तिम्सिना, एमएचका प्रोपाइटर जिवन लिम्बू र डिजे स्याडोले संयुक्त रुपमा समूहका अध्यक्ष खगेन्द्र खड्कालाई नगद हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा प्रबेश शुल्क नलिए पनि सामाजिक सेवा गर्न चाहनेहरुको लागि अढाइ सय रुपैयाँ मुल्यको सय वटा टिकट बिक्रीबाट च्यारिटी रकम संकलन गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले स्वःस्फुर्त रपमा खरिद गरेको टिकटबाट संकलित रकम समूहलाई प्रदान गरिएको प्रचार संयोजक विकास चाम्लिङले बताए । ‘हामीले एचआइभी संक्रमित वालवालिकाहरुको शिक्षाको लागि खर्च गरिने हो भनेर कार्यक्रममा सहभागीहरुलाई भन्यौ, अतिथिहरुले स्वेच्छाले रकम दिनुभएको हो,’ उनले भने । डिजे च्यारिटि नाइटमा जोन–जोन, सिंहबहादुर मादेन, शुभलक्ष्मी राई र समिता लिम्बूले आफ्नो प्रस्तुति दिएका थिए ।

हाल सुनसरीमा ३१ जना एचआइभी संक्रमित तथा प्रभावित वालवालिका रहेको समूहका अध्यक्ष खगेन्द्र खड्काले बताए । जसमा सुनसरीका मात्र नभएर अन्य जिल्लाहरुको पनि रहेको उनले बताए । विभिन्न संघसस्था तथा दाताहरुले दिएको रकम समूहको हातेमालो अध्यक्षकोषमा राखि एचआइभी संक्रमित तथा प्रभावित वालवालिकाहरुको शिक्षामा खर्च गरिदै आएको उनले स्पष्ट पारे । ‘एचआइभि संक्रमित वालवालिकाहरुको लागि कपी, कलम, झोला विद्यालय पोशाकलगायतका एक वर्षभरी पुग्नेगरी सामानहरु उपलब्ध गराउँछौं,’ अध्यक्ष खड्काले भने ‘हालसम्म २०७२ सालदेखि अहिलेसम्म ८० देखि ९० जना संक्रमित वालवालिकाको शिक्षामा सहयोग गरेका छौं ।’

धरानका विभिन्न संघसंस्था दाताहरुको सहयोगमा २ लाख १० हजार रुपैयाँबाट शुरु गरिएको अध्यक्षकोषमा हालसम्म करिब ५ लाख बढी रकम रहेको उनले बताए । यसैगरी, डिएसपी तिम्सिनाले होटल व्यावयासायिहरुले सामाजिक काममा सहयोग गर्नु राम्रो कार्य रहेको बताए । ‘होटल व्यावसायीहरु यस्तो सामाजिक काममा लाग्नुभएको छ, राम्रो काम हो, यसमा हाम्रो पनि सधै साथ हुन्छ,’डिएसपी तिम्सिनाले भने ।