धरान: धरानमा जारी सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन बिहीबार ३६ होलको खेल सकिदा रवि खड्काले एकल अग्रता लिएका छन् ।

पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ रिसोर्टमा बुधबार पहिलो दिन शिवराम श्रेष्ठसँग शीर्षस्थानमा रहेका रविले दोस्रो दिन १ स्ट्रोकको अग्रता लिए । रवि कुल ३ अण्डर १३७ स्कोरका साथ शीर्षस्थानमा रहदा शिवराम २ अण्डर १३८ स्कोरका साथ दोस्रो स्थानमा छन् । यस्तै, एक ओभर १७१ स्कोरका साथ सञ्जय लामा तेस्रो स्थानमा छन् भने समान २ ओभर १४२ स्कोरका साथ विकास अधिकारी, सञ्जय लामा, भुवन नगरकोटी र थामबहादुर राई संयुक्तरुपमा चौथो स्थानमा रहन सफल भए । पहिलो दिन पाँचौ स्थानमा रहेका स्थानीय प्रो.शिवकुमार माझी कुल ३ ओभर १४३ स्कोका साथ सातौ स्थानमा झरेका छन् ।

IMG_8367 copy

यस्तै, समान ४ ओभर १४४ स्कोरका साथ दिनेश प्रजापति र देवराज पाख्रिन संयुक्त ८ औं स्थानमा छन् भने समान कुल ५ ओभर १४५ स्कोरका साथ कृष्णमान राजवाहक र सुर्यप्रसाद शर्मा संयुक्त १० औं स्थानमा छन् । यसैगरी, प्रतियोगितामा एमेच्योरतर्फ धरानका युवा गल्फर शुक्रबहादुर राई कुल १ अण्डर १३९ स्कोरका साथ पहिलो स्थानमा छन् भने एमेच्योरतर्फ ५ ओभर १४५ स्कोरका साथ युवराज भुजेल दोस्रो स्थानमा छन् । यस्तै, समान कुल ६ ओभर १४६ स्कोरका साथ शुक्रराज राई र बविन्द्र राई संयुक्तरुपमा एमेच्योरतर्फ तेस्रो स्थानमा छन् ।

बिहीबार ३६ होलको खेल समाप्ती भएपछि कट पार गर्दै २१ औ स्थान रहन सफल ३२ जना खेलाडीहरु मात्र तेस्रो दिन फाइनलको लागि छनौट भएका छन् । शुक्रबारको फाइनलमा छनौटमा पर्न सफल २१ औं स्थानसम्मका व्यावसायिक खेलाडीहरुले नगद पुरस्कार पाउनेछन् ।

IMG_8374 copy