ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “मेचीनगरमा भीषण आगलागी, २१ घर ध्वस्त” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।   मेचीनगर नगरपालिका ६ जनआश्या टोलमा भीषण आगलागी हुँदा २१ घर ध्वस्त बनेका छन् । विहिबार राति करिब ७:५० बजेबाट शुरु भएको आगलागीले २१ घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यलय काँकाडभिट्टाले जनाएको छ । स्थानीय ललित बहाद’र तामाङको ग्याँस चुला लिक भएकर आगलागी भएको अर्का आगलागी पिडित सविना  राजबंशीले जानकारी दिईन् । मेचीनगर नगरपालिका ६ जनआश्या टोल विकास संस्थाका अध्यक्ष जित बहादुर बस्नेतका अनुसार करिब १ करोड भन्दा बढि क्षति भएको अनुमान गरेका छन् ।

उद्घोष :  विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “विस्तार भएन बायो ग्यास” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराटनगर १४ स्थित श्रीकृष्ण गौ सेवा सदनबाट गोबरबाट उत्पादित ग्यासको प्लान्ट विस्तार हुन सकेको छैन । सञ्चालनमा आएको ५ महिना वितिसक्दा समेत प्लान्ट विस्तार हुन नसकेको हो । प्रधानमन्त्री केपी शर्माले ओलीले दिएको आश्वसन कार्यान्वयन नहुदाँ स्थानीयले चाहे अनुसार प्लान्ट विस्तार गर्न सञ्चालक असफल भएको हो । गत भदौ ५ गत्ते श्रीकृष्ण गौ सेवा सदनबाट उत्पादित बायो ग्यास वितरण प्रक्रियाको प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।

विष्फोटन : धरानबाट प्रकाशन हुने विष्फोटन दैनिकले “आँखा अस्पतालमा जागिर खान हिन्दी बोल्नुपर्ने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । अस्पताल नेपाली लगानी नेपालीको चिकित्सक पनि नेपाली । तर, जागिर खानचाँहि हिन्दीभाषी चाहिने । झापाको काँकाडभिट्टादेखि विर्तामोडसम्मका ठुला साना अस्पतालको स्थिति यस्तैछ । जिल्लामा साना ठुला गरी पाँचवटा आँखा अस्पताल सञ्चालनमा छन् ।  तर, जागिर खान भने हिन्दी, आसामी वा बङ्गाली भाष जानेकै हुनुपर्ने । नत्र, जागिर पाईदैन । कर्मचारी आवश्यक्ता सम्बन्धी विज्ञापन आह्वान गर्दा तीनवटै भाष नजान्नेलाई आवेदन नदिन अस्पतालले आग्रह गरेको छ ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “लुगा सिउन जात होईन सिप चाहिन्छ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । कुनै जमाना थियो, त्यसबेला गाँउघरमा लुगा सिलाउने कल छोए जातै जान्छ भनिन्थ्यो । जात गए घरमा पस्नु दिदैनन् भन्ने छुवाछुतको संस्कारमा हुर्केकी थिईन् भोजपुरको मनिषा राई । त्यही बेला उनलाई लागेको थियो, लुगा सिलाउने मेसिन चलाउन जात चाहिने रहेछ । अहिले उनी भन्छिन् ‘लुगा सिउन जात होईन सिप चाहिन्छ ।’ उनको यो भनाई कुनै महिला नेतृले भाषण गरेको जस्तो पनि लाग्न सक्छ । मनिषा राजनिति गर्दिनन् । किरात राई समुदायकी छोरी विशुद्ध टेलरिङको पेशा गर्छिन । कुनै बेला हातमा एक पैसा नहुने उनी मासिक ४० हजार कमाउछिन् ।