धरान: भारतको लखनाउमा बिहिबारदेखि शुरु भएको ९ औ अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ को पहिलो दिन ६ वटा स्वर्ण पदक जित्न सफल भएको छ । स्वर्ण पदक विजेता सबै खेलाडीहरु भने धरानका हुन् ।

नेपालको कराते प्रशिक्षक किरण लामाका अनुसार पहिलो दिन नेपालले ६ स्वर्ण, १ रजत र १ कास्य पदक जितेको छ । पहिलो दिन निमा डोल्मा तामाङले ३५ केजी र कातामा पहिलो हुदै स्वर्ण पदक जितेका छन् भने सइसा राईले ४० केजीमा प्रथम हुदै स्वर्ण पदक जितेकी छन् । उनी कातामा भने तेस्रो हुदै कास्य पदक जितिन् । यसैगरि, साइमन राईले २५ केजीमा प्रथम हुदै स्वर्ण जितेका छन् भने कातामा दोस्रो हुदै रजत पदन जिते । नामसाङ राई भुटङले २० केजी र कातामा पनि प्रथम हुदै नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

karate1

प्रशिक्षक लामाका अनुसार प्रतियोगितमा नेपाल, भारत, उज्बेकिस्तान, श्रीलंका र वंगलादेशका खेलाडीहरु सहभागी छन् । तीन दिने प्रतियोगिता शनिबारसम्म आयोजना हुन्छ । नेपालको खेलाडीको शुक्रबार पनि खेल हुने प्रशिक्षक लामाले जानकारी दिए । प्रतियोगिता सितेरियो कराते स्कुल अफ इण्डियाले आयोजना गरेको हो ।

karate2 karate4 karate3