इटहरी: ६ लेन सडक निर्माणको काम द्रुत गतिमा भइरहे पनि बिद्युत प्राधिकरणले बिजुलीको पोल नसर्दा काममा अवरोध पुगेको छ । सरकारी निकायबीच आवश्यक समन्वय र समझदारीको अभावले बहुप्रतिक्षित व्यापारिक मार्ग निर्माणमा ढिलाई पनि भइरहेको छ ।

जोगवनी किमांथाका जोड्ने कोशी राजमार्गअन्र्तगत जोगवनी–धरान ६ लेन सडकका इन्जिनिएर सागर बडालका अनुसार पटक–पटक प्राधिकरणलाई आग्रह गरेपनि सुनुवाई नभएको बताए । ‘धेरैपटक मैले चिट्टी लेखे, सुनुवाई नै भएको छैन । माथिबाट स्वीकृत हुनुपर्छ भन्ने जवाफ आइरहेको छ,’वडालले भने । ६ लेन सडक निर्माण कार्य तीब्र गतिमा भएपनि सडक बीचमा पर्ने बिजुलीको पोल नहटाइदा कालोपत्रे गर्न बाँकी रहेको छ ।

वडालका अनुसार आयोजनाको सोचेजस्तरी काम गर्न सहज भए जोगवनी धरान खण्ड एक बर्ष भित्र काम सकिनेछ । विभिन्न खण्ड खण्ड गरेर निर्माण कार्य भइरहेको ६ लेन सडकको टेण्डर भएर काम भइरहेको छ । अहिले मुख्य अवरोध नै सडकको बीचमा भएको उनले बताए । आँपगाछीको यातायात कार्यालयदेखि तरहराको पानीपियासम्म सडक निर्माण गर्नका लागि एक प्याकेजको ठेक्का लिएकाले समयावधि भित्रै काम सक्ने गरि सडक मर्मत भईरहेको उनको भनाई छ । इटहरी देखि धरानसम्म ११ प्याकेजमा ठेक्का लागेको बताउँदै उनले भने,‘हामीले आवश्यकता अनुसार रातमा पनि काम गर्दै आएका छौ, ओभरटाईम खटिएका छौ ।’

20181226_142819 copy

२०७४ कात्तिक २५ गतेबाट सुरु गरिएको धरान–इटहरी सडकखण्ड अन्र्तगतको कामका लागि २०७७ बैशाख ६ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ । सडक विभागको मापदण्ड अनुसार ८२ फुट बाटो काटेर सडक निर्माण गर्नुपर्ने भएपनि कतिपय ठाउँमा ६५ फुट बाटो बनाउँदै आएको उनको भनाई थियो । २०३४ सालको राजपत्रमा सूचना प्रकाशित गरेर मुआब्जा दिएको बुझिएपनि अहिले सर्वसाधारण मानिसहरुले मुआब्जा माग्ने गरेको उनले बताए । ‘हामीले यातायातदेखि तरहरा गरि विभिन्न ठाउँमा गरि दुई किलोमिटर ८२ फुट काटेका छौ, कतिपय ठाउँमा भने ६५ नै कायम छ,’ उनले भने, ‘जनताले ८२ नदिने भनेका ठाउँमा हामीले ६५ काटेका छौ ।’

कतिपय घरधनीहरुले ८२ फुट बाटो काट्नका लागि स्वीकृति दिए । कतिले भने मुआब्जा मागेकोले पनि समस्या भएको थियो । इटहरीको मुख्य चोकमा ८२ फुट काट्ने बिषयमा विवाद भएको भएपनि ६५ फुट नै कायम हुने गरि अथवा घरधनीको स्वीकृति भएमा ८२ नै कायम हुने गरि सडक विस्तार हुने उनले बताए । विराटनगरको रानीदेखि धरानसम्म ६ लेन सडक बनाउने सडक विभागको योजना रहेपनि सुनसरीको दुहबीमा पनि विवाद भएकाले काम रोकिएको छ । इटहरीको यातायातदेखि तरहराको पानीपियासम्म एक प्याकेजको करीब ८० करोडमा ठेक्का लागेको इन्जिनिएर बडालले जानकारी दिए ।