मलेसिया :  मलेसियाको जोहर राज्यको बातुपहाडस्थित सिन कावाङ प्लास्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको मृत्युु भएको छ । मृत्यु हुनेमा रौतहटका सन्तोष यादव र पाल्पाका चुरा दर्लामी मगर रहेका छन् ।

घटना विवरण अनुसार विहिबार बिहान रसायनिक केमिकल को ट्याङ्की सफा गर्ने क्रममा केमिकलको गन्धले बेहोस भएका यादव उक्त ट्याङ्की भित्र खसेका थिए । उनलाई उद्धारका लागी गएका मगर पनि बेहोस भएका थिए। केमिकलको अत्याधिक असरका कारण स्वासप्रस्वास बन्द भएर उनिहरुको मृत्यु भएको सोही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिए । विहिबार कम्पनीमा विदा भएको र विदाका दिन उनीहरुले उक्त ट्याङ्की सफाई गरेका थिए ।

ट्याङ्की भित्र फसेका उनीहरुलाई बचाउनको लागि त्यहाँ कार्यरत नेपाली कामदारहरुले सुपरभाइजरलाई आग्रह गरी ट्याङ्की काट्नको लागि आदेश मागेका थिए । तर उनले प्रहरीले आदेश नदिएसम्म काट्न नमिल्ने सुपरभाइजरले वताएका थिए । उता मृतकको सव पोस्टमार्टम पछी नेपाल पठाउने तयारी रहेको जानकारी तामाङले दिए। नेपाली दुतावास मलेसियालाई सम्पर्क गर्दा शुक्रबार दिउसो सम्म पनि घटना बारे केही थाहा नभएको दुतावास श्रोतले बताएको छ ।