धरान:धरानमा जारी सुर्य नेपाल इष्टर्न ओप गल्फ प्रतियोगितामा धरानका युवा एमेच्योर गल्फर २० बर्षीय शुक्रबहादुर राईले इतिहास रचेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उनले एमेच्योर तर्फ प्रथम मात्र भएनन्, ओभरअल स्पर्धामा पनि प्रथम हुदै व्यवसायिक स्पर्धाको ट्रफी पनि हत्याए ।

पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा शुक्रबार सम्पन्न फाइनलमा कुल ४ अण्डर २०६ स्कोर गर्दै उनले एमेच्योर र प्रो.दुवै स्पर्धाको उपाधि ट्रफी उचाले । इष्र्टन ओपनमा एमेच्योरले प्रो.ट्रफी खोसेको यो पहिलो पटक हो । सुर्य नेपाल गल्फ प्रतियोगितमा यसअघि एमेच्योरले प्रो.को ट्रफी २ पटक मात्र एमेच्योरले खोसेको रेकर्ड छ । यस्तो रेकर्ड बनाउने शुक्रबहादुर नेपालका तेस्रो एमेच्योर खेलाडी बने । एमेच्योरतर्फ उपविजेता धरानकै बविन्द्र राई बने । ‘म एकदमै खुशी छँु, अग्रज दाजुहरुले जित्नुपर्छ भनेर प्रेरणा पनि दिइरहनु भयो,’उनले भने ।

IMG_8422 copy

पहिलो दिन इभन पार ७० स्कोर गरेका शुक्रबहादुरले दोस्रो दिन १ अण्डर ६९ र तेस्रो दिन आज फाइनलमा उत्कृष्ट ३ अण्डर ६७ स्कोर गरे । उनले नेपालका नम्बर वान व्यावसायिक खेलाडी शिवराम श्रेष्ठ र विकास अधिकारीलाई ५ स्ट्रोकले पछि पारेर ट्रफी खोसे । शिवराम र विकास समान १ ओभर २११ स्कोरका साथ व्यवसायिकतर्फ शीर्षस्थानमा रहेपनि उपाधि ट्रफी उचाल्नबाट भने बञ्चित भए । दुवैले पहिलो र दोस्रो पुरस्कारको कुल राशी ९८ हजार ५ सय जनही थापे ।

व्यावसायिकतर्फ भुवन नगरकोटी कुल ४ ओभर २१४ स्कोरसहित तेस्रो हुदै नगद ५५ हजार ५ सय थापे भने समान ५ ओभर २१५ स्कोरसहित चौथो स्थानमा रहेका सञ्जय लामा र देवराज पाख्रिनले जनही ३९ हजार नगद थापे । विजेताहरुलाई सुर्य नेपालका मार्केटिङ मेनेजर बालकृष्ण गुरुङ, बिपी प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियार, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरेका थिए ।

IMG_8407 copy

IMG_8410 copy