इटहरी: दोस्रो जेएमसी च्यालेन्ज कपको फाइनलमा आयोजक जनता बहुमुखी क्याम्पस ए र बि बीच उपाधिको डिभन्त हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजक बीले जनता माविलाई हराउदै फाइनलमा प्रवेश गरेपनि आयोजक एसँग उपाधि भिडन्त हुने पक्का भएको हो । शुक्रबारको प्रतिस्पर्धात्मक खेलमा आयोजक बिले सडन डेथमा जित हात पार्दै फाइनल यात्रा तय गरेको थियो । आयोजकका कमल मगरले १ गोल गर्दै टिमलाई अग्रता दिलाए पनि जनता माविले गोल गर्दे खेल बराबरी गर्दै टाइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा आयोजक बिले बाजी मार्यो । विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसद्धारा आयोजित प्रतियोगिताको विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद ७ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजक समितिका अध्यक्ष बिनोद खड्काले जानकारी दिए ।