पथरी : मोरङ्गको पथरीमा सन्चालन हुने प्रथम नगरस्तरीय महिला फुटवल प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

पुष १४ गतेबाट स्थानीय सुनाखरी खेल मैदानमा सन्चालन हुने प्रतियोगिताको उद्घाटन खेल उर्लावारी नगरपालिका र कानेपोखरी गाउपालिकाबीच हुनेछ । विभिन्न ५ वटा नगर तथा गाँउपालिकाका ६ वटा टिम सहभागी हुने खेल संयोजक निता कुलुङ्ग राई जानकारी दिइन् । प्रतियोगीताको दोश्रो दिन जाते महिला टिम र सुन्दरहरौचा नगरपालिका विच खेल हुनेछ । पौष १६ गतेको खेलमा वाइ पाएको लेटाङ्गले पहिलो दिनको विजेतासंग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने छ भने पौष १७ गते पथरीशनिश्चरे नगरले दोश्रो दिनको विजेता संग प्रतिष्पर्धा गर्ने छ ।

विजेताले २५ हजार नगद सहित ट्रफि र मेडल जित्ने छ भने उपविजेताले १५ हजार नगद ट्रफि र मेडल प्राप्त गर्ने खेल संयोजक राईले जानकारी दिइन । पथरी वहुमुखी क्याम्पस अखिल र अखिलक्रान्तिकारीको संयुक्त आयोजना प्रतियोगिता हुन लागेको हो ।