विराटनगर : प्रदेश नं.१ कामुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार वातावरणमैत्री भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज शुक्रबार विराटनगरमा आयोजित वातावरण, विकास र मानवअधिकार बिषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार आफै वातावरण मैत्री भएर आफ्ना योजना र कार्यक्रमहरु बनाएको प्रष्ट पारे । स्वच्छ वातावरणमा बाँच्न पाउने संविधानबाट प्रदत अधिकारलाई प्रदेश सरकारले सुनिश्चित गर्ने पनि मुख्यमन्त्री राईको भनाई थियो । ‘प्रदेश सरकारले संविधान प्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नेछ,’ उनले भने,‘प्रदेश सरकार आफै वातावरणमैत्री भएर योजना र कार्यक्रमहरु बनाइसकेको छ ।’

प्रदेश सरकारले तयार पारिरहेको आवधिक योजना वातावरणमैत्री भएको पनि उनले खुलाए । साथै, प्राकृतिक सम्पदाको संरक्षण, सम्वद्र्धन र विकास गर्न वातावरणलाई पनि प्राथमिकतामा प्रदेश सरकारले राखेको मुख्यमन्त्री राईको भनाई थियो । आयोगको कार्यक्रमले प्रदेश सरकारलाई खबरदारी र दवाव सृजना हुने धारणा राख्दै मुख्यमन्त्री राईले वातावरण, विकास र मानवअधिकारबीच सन्तुलन कायम हुनुपर्नेमा पनि जोडदिए ।