धरान : धरानमा ‘सातौं यःमरी साँस्कृतिक उत्सव–२०७५’ शुक्रबारदेखि शुरु भएको छ । नेवाः देय् दबू धरान नगर समितिको आयोजनामा उत्सव छाताचोक नजिक दक्षिणमा शुरु भएको हो ।

शनिबारसम्म चल्ने उत्सवको उद्घाटन प्रदेश १ की सांसद साबित्री श्रेष्ठले गरेकी थिइन् । उत्सवमा नेवारी खानाका परिकार तथा अन्य जातीको मौलिक खानाका परिकारहरु राखिएको छ । यसैगरी, हस्तकलाका सामानहरु, विभिन्न जातीको मौलिक भेषभुषाहरु, स्वास्थ्य जाँच लगायत २५ वटा स्टल राखिएको दबूःका धरान नगर अध्यक्ष मनोहर शाक्यले बताए । उत्सवमा नेवारी परिकार यःमरी खानको लागि मानिसहरुको भिड लागेको थियो ।

yoooomari

नेवार जातीले नयाँ अन्नवालीबाट धानको पिठोबाट ‘यःमरी’ परिकार बनाउने गर्दछन् । यःमरीमा ध्यू, चाकु, संखर इत्यादी लगाएर स्वादिष्ठ बनाइन्छ । ‘यःमरी’ को अर्थ ‘य’ भन्नाले मिठो र ‘ःमरी’ भन्नाले पिठो भन्ने अर्थ लाग्छ । उद्घाटनको दिन उत्साहपूर्ण रुपमा यःमरीको विक्री भएको अध्यक्ष शाक्ले बताए । ‘उद्घाटनको दिन नै करिब २५ सय वटा यःमरी विक्री भयो, अझै पनि मानिसहरुले खाज्दै छन्,’उनले भने । यस्तै, विभिन्न जातजातीका मोलिक झाँकी तथा बहुजातिय मौलिक नृत्यहरु, धिमे बाजाको प्रस्तुति साँझ प्रस्तुत गरिएको थियो ।

y 3

नेवार समुदायका १० महिला दिदीबहिनीहरु जातीय पहिरनमा ¥याप्मा उत्रिएका थिए । विभिन्न जातीय पहिरनमा ¥याम्पमा उत्रिएको आयोजकले जनाएको छ । यस्तै, शनिबार नेवार जातीको लिच्छवीकालिन ३ सय वर्ष पुरानो मौलिक नृत्य चर्या नृत्य देखाइने भएको छ । ‘शनिबार हाम्रो मौलिक चर्या नृत्य, मौलिक नृत्यहरु देखाउँछौ,’उनले भने । यस अघि यःमरी उत्सव नेवाः ल्याम्ह पुचःचले लगाउदै आएको थियो । पुचःका अध्यक्ष दिपेश शाक्यको यसै वर्ष निधन भएकाले दबूले लगाएको हो ।

yy

शनिबार साँझ पुचः का अध्यक्ष दिबंगत दिपेश श्रेष्ठको सम्झनामा साँगीतिक कार्यक्रम राखिने भएको आयाजकले जनाएको छ । नेवार जातीले यमरी पुर्णेमा अन्नवाली सप्रियोस् सहबसोस् भन्दै समृद्धिको कामनासहित यो चाड बनाउने प्रचलन रहेको छ । कार्यक्रममा धरानका १३ वटा आदीबासी जनाजातीका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

y 1

y 5

 

yyy

y 6