धरान: धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीमा शुक्रबार विज्ञान प्रदर्शनी गरिएको छ ।

विद्यालय परिसरमा गरिएको प्रदर्शनीमा विद्यार्थीले बनाएका धरहरा, सौर्य प्रणाली, ग्रह, विधुत्तिय सामग्रीलगायत राखिएको थियो । प्रदर्शनीको उघ्घाटन गदै केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विएस्सी माइक्रोबायोलोजी विभागीय प्रमुख शिबनन्दन साहले अवलोकन गरेका थिए । प्रदर्शनीमा राखिएका अधिकांस बस्तुहरु संस्तो र सुलभ घरायसी सामग्रीहरु प्रयोग गरेर बनाइएको थियो । कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले आफ्नो विषयको पाठ अनुसार आफैले बनाएको विद्यालयका प्रअ पेम्बा शेर्पाले बताए ।

S6320006 copy

प्रदर्शनीमा राखिएका बस्तुहरु अभिभावकले पनि अवलोकन गरिरहदा आफुले बनाएका बस्तुबारेमा विद्यार्थीहरुले बताएका थिए । विद्यार्थीहरुले कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्याहारिक रुपमा देखाउन प्रदर्शनी प्रत्येक वर्ष आयोजना गदै आएको विद्यालयका प्रअ पेम्बा शेर्पाले बताए । ‘विद्यार्थीहरुलाई किताब पढेर भन्दा पनि प्रयोगात्मक कुरामा छिटो ज्ञान पाउन सक्छ, उनीहरुको क्षमतालाई उजागर गरोस् भनेर प्रत्येक वर्ष आयोजना गदै आएका छौं,’ प्रअ शेर्पाले भने ।