धरान:भारतको लखनाउमा आज शनिबार बिहान सम्पन्न ९ औ अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा नेपालले कुल १० स्वर्ण पदक जित्दै दोस्रो बनेको छ ।

बिहीबार पहिलो दिन नेपालका खेलाडीहरुले ६ स्वर्ण जितेका थिए भने शुक्रबार थप ४ स्वर्ण दिलाए । प्रतियोगितामा नेपालले कुल १० स्वर्ण, ४ रजत र ४ काँस्य पदक जित्यो भने ११ स्वर्ण पदक जितेको वंगलादेश टिम च्याम्पियन बन्यो । यस्तै, ८ स्वर्ण जितेको श्रीलंका प्रतियोगितामा तेस्रो भयो ।

48411816_407872083086605_6228498608438640640_n copy

पहिलो दिन निमा डोल्मा तामाङले २ स्वर्ण, नामसाङ राई भुटङले २ स्वर्ण, साइसा राई र साइमन राईले एक एक स्वर्ण पदक जितका थिए । उनीहरु सबै धरानका खेलाडी हुन् । यस्तै, दोस्रो दिन शुक्रबार पनि धरानकै खेलाडी रोहित बास्कोटाले ५५ केजी तौल कुमुतेमा स्वर्ण जितेका थिए भने ४५ केजीमा सन्देश राईले स्वर्ण र कातामा कास्य पदक जितेका थिए ।

यस्तै, शुक्रबार राती धनकुटाका लोकेन्द्र लोकेन्द्र राईले ६० केजीमा स्वर्ण र कातामा रजत पदक दिलाए भने झापाका सोनुहाङ लिम्बूले कातामा एक स्वर्ण र ५५ केजी तौलमा रजत पदक दिलाएको नेपाल टिमका कराते प्रशिक्षक किरण लामाले जानकारी दिए । उनका अनुसार खेलाडीसहितको टोली आइतबार नेपाल फर्कनेछ । यो अन्र्तराष्ट्रिय प्रतियोगिता सितेरियो कराते स्कुल अफ इण्डियाले आयोजना गरेको थियो । प्रतियोगितमा नेपाल, भारत, श्रीलंका,उज्बेकिस्तान र वंगलादेशका खेलाडीहरु सहभागी थिए ।

48425339_951650468358519_3687380563515146240_n copy 49268373_133040557612646_8397526503885111296_n copy