धरान: पूर्वको पुरानो एवं ठूलो सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पुर्वाञ्चलको नवौ संस्करणको आज फाइनल हुदैछ ।

आयोजक सिल्भर इन्टरटेनमेन्टका अनुसार आज साँझ धरान १५ स्थित होटल इजी राइडर्समा मिस पुर्वाञ्चल २०१८ को फाइनल हुनेछ । फाइनलमा १४ जना सुन्दरीहरु प्रतिस्पर्धामा छन् । फाइनल कार्यक्रमको लागि प्रमुख अतिथि मिस नेपाल श्रृंखला खतिवडा हिजै शुक्रबार धरान आइसकेकी छिन् । अडिशनबाट छनौट भएका १४ प्रतियोगीहरुलाई आयोजकले विभिन्न तालिमहरु दिएको थियो । प्रतियोगीहरुलाई लिडरशिप, मोटिभेशन, व्यक्तित्व विकास, फेशन, याम्प वर्क, सौन्दय, इतिहास, पर्यटनलगायातको बिषयमा तालिम एवं कक्षाहरु दिएको आयोजकले जनाएको छ ।

bhedetar-1 1

गत बर्ष झैँ यो बर्षपनि बिना अडिसन मिस उर्लाबारी र मिस इटहरीलाई प्रतिस्प्रधाकालागि सोझै प्रवेश गराईएको छ । प्रतियोगितामा मिस इटहरी २०१७ तपस्या रनपेइली, मिस उर्लाबारी २०१७ रुसाली केसी, हिलेकी प्रजिता तामांगसंगै उर्लाबारीको सबिना पोदार, तरहराको तुलाशा पोख्रेल, भद्रपुरबाट पूजा श्रेष्ठ, संखुवासभाबाट सोनेता दाहाल, धरानबाट आकृति आचार्य, एजिना राई, अनिला क्षेत्री, सुचित्रा कार्की, बिराटनगरबाट मोनिका रेग्मी, धनकुटाबाट स्वस्तिका बिसुंखे, बिर्तामोडबाट सलिना राजबंशी मिस पुर्वान्चल २०१८ मा सहभागी छन्।

miss-2 1

प्रतियोगिहरुलाई रक्तदान, ट्राफिक सचेतना, पर्यटन, सामाजिक सचेतना सद्भाव जगाउने कार्यक्रमहरुमा पनि सहभागी गराइएको थियो । आज राती हुने फाइनलका विजेताले मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहाको स्कुटी र र हंगकंग भ्रमणको अवसर पाउनेछिन् । त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र ५० हजार नगद पुरस्कार हात पार्नेछिन् । यसैगरी, मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टी मिडिया , मिस इन्टलेक्चुअल ,फेस अफ डिभाइन , भ्युअर्स च्वाइस लगायतका विभिन्न ८ वटा विधामासमेत प्रतियोगीहरुलाई १५ हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ । हालसम्म मिस पूर्वाञ्चलको उपाधि अहिलेसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङ, २०१३ मा नेहा बजाज, २०१४ मा नेमिता आङबुहाङ, २०१५ मा प्रियङका श्रेष्ठ, २०१६ मा कृतिका गिरी र २०१७ मा रुबी लिम्बुले जितेकी थिइन् ।

img-2663-copy 1