इटहरी: इटहरी वितरक संघको आठौं साधारण सभाको अवसर पारेर इटहरी क्षेत्रमा लामो समय देखि व्यवसाय गर्दै आएका हरिकुमार विमलीलाई सम्मान गरियो ।

साधारण सभाको अवसरमा नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष डम्वरबहादुर थापाले व्यवसायी विमलीलाई सम्मान गरेका हुन । सम्मानित विमलीलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको थियो । साधारणसभाका वक्तहरुले उपभोक्ताहरुलाई सामान सहजरुपमा उपलव्ध गराउन वितरक मार्फत खुद्रा विकेताहरुसम्म पुर्याउन वितरकहरुले अहम भुमिका खेल्दै आएको वताए ।

कमल ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्ट, नेपाल वितरक महासंघका केन्द्रीय सदस्य हरिकान्त कर्ण, भगवान दास अग्रवाल, प्रकाश शिवाकोटी लगायतले वितरक संघको साधारण सभाको सफलताको लागि शुभकामना दिएका थिए । त्यसै गरी वितरक व्यवसायका विषयमा वितरक संघ इटहरीका महासचिव राजेश खनाल लगायतले चर्चा गरेका थिए ।