पथरी  : म्यान अफ दि म्याच इमा चाम्लिङ् राई प्रेरित खेलमा कानेपोखरी गाँउपालिकाले उर्लावारी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

विजेता टिम शनिवारबाट पथरीशनिश्चरेस्थित सुनाखरी खेल मैदानमा सुरु भएको प्रथम नगर स्तरिय महिला फुटवल प्रतियोगिताको उद्घाटन खेलमा जित हात पार्दै सेमीफाइनलमा प्रवेश गरेको छ । खेलमा पहिलो हाफको ८ मिनेटमै कानेपोखरीले अग्रता बनाएको थियो । कानेपोखरीकी चाम्लिङ्ले एकल प्रयासमा गोल गरे कि थिइन् । खेलको २३ औं मिनेटमा रोशना चाम्लिङ्गले दोश्रो गोल गर्दै २–० को अग्रता बनाइन् । इमाकै कर्नर प्रहारलार्इ रोशनले हेडद्धारा उत्कृष्ट गोल गरिन् ।

खेलको २४ औं मिनेटमै इमाले टिमको लागि तेश्रो तथा व्यक्तिगत दोश्रो गोल गरिन् । सेन्टरबाट पाएको पासलार्इ एकल प्रयासमा गोल गरेकी थिइन् । हाफ अघि नै ३ गोलले पछि परेको उर्लावारीले कुनै आक्रमण गर्न सकेन । कानेपोखरीका खेलाडीको एक पछि अर्का प्रहारलाइ उर्लावारी कि किपरले बचाएकी थिइन् ।

दोश्रो हाफको १७ औं मिनेटमा कानेपोखरीकी जिना विष्टले गरेको प्रहार गोलमा परिणत भएपछि उर्लावारी ४–० ले पछि प¥यो । निरन्तर मुभ वनाएपनि कानेपोखरीले थप गोल गर्न भने सकेन । खेलको म्यान अफ दि म्याच बनेकी चाम्लिङ्गले १ हजार रुपयाँ हात पारिन् । आइतवारको खेल सुन्दर हरौचा र लेटाङ् निलोबीच हुने खेल संयोजक निता राइले जानकारी दिइन् ।

प्रतियोगिताको विजेताले २५ हजार नगद ट्रफि र मेडल हात पार्नेछ भने उपविजेताले १५ हजार नगद र ट्रफि जित्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उदघाटन आइतवार भएको हो । उदघाटन समारोहमा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट वास्तोला, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य ताजिम अन्सारी, नेकपाका प्रदेश सदस्य रामकुमार बस्नेत लगायतले खेलकुदका क्षेत्रवाट युवा र विद्यार्थीलाइ समेटनु पर्ने बताएका थिए । पथरी वहुमुखी क्याम्पसको अखिल र अखिल क्रान्तिकारीले फुटवल प्रतियोगिता आयोजना गरेका हुन् ।