ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “बाल सुधार गृहको बिजोग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराटनगरमा बिज्याइँ गरेका बालकलाई राख्ने मोरङ सुधारगृहमा क्षमताभन्दा दोब्बर बालकहरु बस्ने गरेको पाइएको छ । अदालतले बिज्याँइ गरेको ठहर गरिएका १८ वर्षमुनिका बालबालिका राख्ने सुधारगृहमा क्षमताभन्दा बढी बालक राख्ने गरेको पाइएको हो । बिज्याँइ गर्ने बालबालिकालाई समाजमा पुनः स्थापित गराउन यस्तो सुधारगृहमा गरिएको छ । नयाँ मुलुकी ऐले १८ वर्ष मुनिका बालबालिकालाई सुधारगृहमा राख्ने व्यवस्था गरेको हो । यसअघि १६ वर्षमुनिकालाई राखिन्थ्यो । विराटनगर स्थित बालसुधार गृह ५० जनाको क्षमता छ । तर, गृहमा हाल १ सय ३ जना बालक राखिएका छन् । क्षमता भन्दा दोब्बर बालक हुदाँ दैनिक कृयाकलापमा समस्या हुने गरेको सुधारगृहका इन्चार्ज मिलन चौहानले बताए ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “विदेशमा बस्नेहरुमा नागरिकताको चिन्ता” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नेपाल बाहिर तेश्रो मुलुकमा स्थायी बसोबास गर्दै आएका नेपालीहरुमा नेपाली नागरिकताको चिन्ता बढेको छ । विदेशमा स्थायी बसोबास गर्ने नेपालीहरु अहिले दुई प्रकृतिका देखिन्छन् । त्रिदेशिय सम्झौता अनुसार नेपालबाट बेलायती सेनामा भर्ति भएर गएका पूर्व सैनिक र उनिहरुका परिवारहरुले अहिले त्यहाँ स्थायी बसोबासका अधिकार पाएका छन् । अर्को थरी विदेश मै बसोबासका भिषा पाएका व्यापार व्यवसाय र सम्पति रहेकाहरु छन् । यी दुवै प्रकृतिका विदेशमा बसोबास गर्दै आएका नेपालीहरु अहिले पनि नेपाली नागरिक हुन् । पछिल्लो समय सरकारले नेपाली नागरिकता सम्बन्धि ऐनमा संशोधन गरी विदेशमा बसोबास गर्दै आएका नेपालीहरुलाई नेपालमा राजनीति गरि गर्ने अधिकार छन् । यसै कारण उनीहरुमा नेपालको नागरिकताको चिन्ता बढेको हो ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष देनिकले “कोशी पीडितले अझै पाएनन् मुआब्जा” सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीबासीको सयौँ बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै पाएका छैनन् । करीब ७३ वर्षदेखि नेपाल सरकारसंग कुटनीतिकरुपमा ठोस् पहल गर्न नसक्दा मुआब्जाकै पर्खामा तीन तीन पुस्ताले समस्या झेल्नु परेको हनुमाननगर कङ्कालिनी नगरपालिका २ का श्यामसुन्दर खडकाले बताए ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “सुनसरीमा डिएपी मल अभाव किसान समस्यामा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुनसरीको किसानहरुले बजारमा डिएपी मल अभाव भएको भन्दै विना मलखादकै मकै खेती गर्न बाध्य भएका छन् । सरकारले पर्याप्त मल बजार रहेको दावी गरेपनि सुनसरीको इनरुवा, हरिनगर, गढी, दुहवी,रामधुनी सहितका किसानहरुले बजारमा डिएपी मल अभावमा भएको गुनासो गरेका छन् । बजारमा दुई महिनायता पोटास मल अभाव रहेकोमा पोटास विना गहुँ छर्न बाध्य रहेका किसानहरु अहिले केही गहुँ र मके खेत ीगर्ने किसानहरु पोटाससंगै डिएपी मल विना गहुँ र मकै खेत गर्न बाध्य भएका हुन् ।