झापा : झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा रहेको पाथीभरा ग्यास उध्योगले नेपाल गुणस्तर प्रमाण चिन्ह एनएस प्राप्त गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल गुणस्तर तथा नापतौल विभागले पाथीभरा ग्यास उध्योगलाई एनएस चिन्ह प्रदान गरेको हो । विभागले विभिन्न समय गरी तीन चरणमा अनुगमन गरि पाथीभरा ग्यास उद्योग प्रालिले नेपाल सरकारले तोके बमोजिमका सम्पूर्ण मापदण्ड पूरा गरेको आधारमा एनएस चिन्ह प्रदान गरिएको बताइएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले हस्ताक्षर गरी बिहीबार उक्त उद्योगलाई एनएसको प्रमाणपत्र प्रदान गरेका हुन् । देशभर ५६ बढी ग्यास उद्योग भए पनि हालसम्म २३ वटा उद्योगले मात्र एनएस चिन्ह प्राप्त गरेका छन् । नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ को दफा ५ उपदफा ९२० को खण्ड ९क० बमोजिम पाथीभरा ग्यास उद्योग प्रालिलाई यही पुस १२ गतेदेखि लागू हुने गरी उक्त प्रमाणपत्र दिइएको विभागले जनाएको छ । गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रमुख कमल ओझाले पाथीभरा ग्यास उद्योगले गुणस्तरको प्रमाणपत्र पाउनु उद्योग र उपभोक्ता सबैका लागि खुशीको विषय भएको बताएका छन । उनि भन्छन ‘एनएस प्रमाणपत्र भनेको त्यो उद्योगले उत्पादन गर्ने वस्तुको गुणस्तरको ग्यारेन्टी हो ।’
पाथीभरा ग्यास उद्योग नयाँ उद्योग भए पनि छोटो अवधिमा सम्पूर्ण मापदण्ड पूरा गरी गुणस्तर चिन्ह पाउनु ठूलो सफलता र प्रतिष्ठाको विषय भएको ओझाको भनाइ छ । २०औं वर्षदेखि सञ्चालनमा रहेर मापदण्ड पूरा गर्न नसकेका उद्योगले अहिलेसम्म एनएस चिन्ह प्राप्त गर्न सकेका छैनन् तर स्थापनाको दुई÷तीन वर्षमै पाथीभरा ग्यासले सबै मापदण्ड पूरा गरी एनएस चिन्ह पाउनु खुशीको विषय भएको उनले बताए । उनले एनएस चिन्ह प्राप्त उद्योगबाट उत्पादित ग्यासमात्र प्रयोग गर्न पनि उपभोक्तालाई आग्रह गरेकाछन् । एनएस चिन्ह भनेको त्यो उद्योगले उत्पादन गर्ने वस्तुको नेपाल सरकारबाट गुणस्तरको ग्यारेन्टी भएको उनले प्रस्ट्याए ।

उद्योगी तथा सामाजिक क्षेत्रमा क्रियाशील एकराज उप्रेती, शिशिर बुढाथोकी र मदनगोपाल सुब्बाले उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् । २०७३ मंसीर २५ गतेबाट उत्पादन शुरु गरेको उक्त उद्योगले प्रदेश नं. १ का उपभोक्ता माझ ७५ हजार ग्यास सिलिण्डर मार्फत् सेवा दिँदै आएको छ । दुई विगाह भण्दा वढी क्षेत्रफलमा फैलिएको ग्यास उद्योगबाट उत्पादित ग्यास सिलिण्डर बिक्रीवितरणका लागि दुई सयभन्दा बढी डिलर र सवडिलर रहेको सञ्चालन एकराज उप्रेती बताउँछन् । गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको मापदण्ड अनुसार सञ्चालित पाथीभरा ग्यासले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै उप्रेतीले भने– ‘अहिले आम उपभोक्ताको रोजाइमा पाथीभरा ग्यास परेको छ ।’ सेमी अटोमेटिक मेसिन मार्फत् सिलिण्डरमा ग्यास भरिने उक्त उद्योगको स्टोरेज क्षमता बढी भएको, सुरक्षित कम्पाउण्ड, अनुभवी प्राविधिक तथा नयाँ र बलियो सिलिण्डर रहेको बताइएको छ ।

यस ग्याँस उद्योगमा प्रयोग भएका सम्पुर्ण सामग्री नेपाल गुणस्तर चिन्ह एनएस प्राप्त छन । जस्मा हाइड्रोलिक टेष्ट सिस्टम, सिभिटी, वाटर वाथ, उच्च स्तरको फिलिङ मेसिन, सिल सेफ्टी क्याप, फायर फाइटिङ मेसिन, लिकेज सेन्सिङ डिभाइस लगायत अति महत्वपुर्ण अत्याधुनिक मेसिन सहितको यो ग्याँस उद्योगले उपभोक्ताले प्रयोग गर्ने सिलिण्डर पुर्ण सुरक्षीत भएको ग्यारेन्टि गरेको छ ।