मोरङ : सुनसरी जिल्लाका दक्षिण सीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रङ्गेली सडक तथा विराटनगर– देवागञ्ज सडकमा कालोपत्रे गर्ने काम शुरु गरिरहेको छ ।

विराटनगरबाट–रङ्गेली १२ किलोमिटर तथा विराटनगरबाट–सुनसरीको देवानगञ्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको सडक कार्यालय विराटनगरका डिभिजन प्रमुुख शुुभराज न्यौपानेले बताए ।  विराटनगर रङ्गेली सडकमा मर्मतसम्भारसँगै कालोपत्रे गर्ने कार्यको शुुरु गरिएको प्रमुुख न्यौपानेको जानकारी दिए । रङ्गेली–विराटनगर सडक यही हप्ताभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ भने देवानगञ्ज–विराटनगर सडक चालुु आर्थिक वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

विराटनगर रङ्गेली सडकको आद्यविक मर्मतका लागि रु दुई करोड ७४ लाख र विराटनगर–देवानगञ्ज सडकमा कालोपत्रे गर्न रु १२ करोड २८ लाखमा ठेक्का लागेको हो । मोरङ र सुुनसरी जिल्ला जोड्ने पुुरानो हुुलाकी राजमार्गको रुपमा रहेको विराटनगर–देवानगञ्ज सडकको १४ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ ।

यसअघि ग्राबेल रहेको उक्त सडकमा कालोपत्रे गर्ने काम सुुनसरीको देवानगञ्ज तर्फ भइरहेको छ । उक्त सडक मोरङको अस्थायी राजधानी विराटनगरबाट सोझै देवानगञ्ज जोडिने भएकाले आर्थिक दृष्टिकोणले सडक महत्वपूुर्ण रहेको छ । ग्रामीण क्षेत्रका जनतालाई बाह्रैमहीना शहरमा आगामनका लागि जोड्न सडक विभागले निमार्णलाई महत्व दिर्दै आएको कार्यालय प्रमुुख न्यौपानेले बताए ।