पथरी: प्रथम नगरस्तरीय महिला फुटवल प्रतियोगीमो सुन्दरहरौचा नगपालिका विजयी भएको छ ।

लेटाङ् निलोलाइ सडन डेथमा स्तव्ध पार्दै सुन्दरहरौचाले जितसँगै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारीत समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । ट्राइवेकरमा दुवै टिमले ३–३ गोल गरेपछि खेलको टुङ्गो सडनडेथबाट भएको हो ।

निर्धारित समयमा दुवै टिमले राम्रा अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । सुन्दरहरौचाले पाएका ३ वटा राम्रा अवसरलाई लेटाङ्ग की गोलकिपर सनिषा राईले उत्कृष्ट वचाउ गर्दै निराश बनाएकी थिइन । गोलकिपर राई नै वुमेन अफ दि म्याच घोषित भइन् । राईले १ हजार नगद प्राप्त गरिन । ट्राइवेकरमा लेटाङ्ग निलोकी मञ्जु राई, रस्मी राई र पुर्णिमा लिम्वुले गोल गरिन् भने लेटाङ्गकी इन्दिरा लिम्वु र आशा लिम्वुको प्रहार वाहिरिएको थियो ।

यस्तै, सुन्दर हरौचाकी लक्ष्मी जोगी, निर्मला चौहान र खुस्मा राईको प्रहार गोलमा परिणत भए पनि मनिषा विष्ट र कोपिला लिम्वुले टिमको लागि गोल गर्न सकिनन् । सडन डेथ प्रहार गर्न आएकी सुन्दरहरौचाकी पवित्रा राइले गोललार्इ जाली चुमाउदा लेटाङ्की अरुणा लिम्वु भने गोल गर्न चुकिन् । सोमवारको खेल कानेपोखरी र लेटाङ्ग रातो विच हुने खेल संयोजक निता राइले जानकारी दिइन् ।