ईलाम : ईलामको ईलाम नगरपालिका १२ साङरुम्बामा भएको आगलागीमा २० लाख बराबरको क्षति भएको छ ।

आईतबार बिहान साडे ९ बजेको समयमा स्थानीय जित बहादुर नेम्बाङको ढुङगा माटोले बनेको ३ तले कच्ची र  भान्सा घर समेत जलेर नष्ट हुँदा घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, गरगहना समेत जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सो आगलागी प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा ११ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने सो आगलागीबाट कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।