ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “ठेक्कामा ठेकेदारको मनपरी” शीर्षकको समाचारलाई मुख्य समाचार रुपमा छापेको छ । सुनसरीमा ठेकेदारहरुले व्यवसायीहरुबाट मनपरी कर लिने गरेको पाइएको छ । सुनसरीमा सञ्चालित पशु चौपाया ठेक्कामा व्यवसायीबाट ‘दोहोरो कर’ उठाउने गरेको पाइएको हो । एक जिल्लाबाट अर्को जिल्ला निकासी गर्दा एक ठाउँमा मात्र कर लिने नियम भएपनि ठेकेदारहरुले आफनै शैलीमा कर उठाउदैँ आएको पाइएको छ । ठेकेदारले मनपरी कर उठाएपनि नियमनकारी निकाय बेखबर छ । हेटौँडाबाट केही दिनअघि घरायसी प्रयोजनका लागि मोरङ लादैँ गरेको गाईको सुनसरीमा पनि कर लिएको थियो । जिल्लाबाट निकासी गर्दा सोही जिल्लामा मे. १ ख . २९१० नम्बरको ट्रकले सुनकोसी गाउँपालिकामा ६ वटा गाईको ८ सयमो विलकटाएको थियो । तर सुनसरी आउँदा भण्टाबारीमा सोही गाडीबाट १३ सय रुपैयाँ लिएको खुलासा भएको छ । सोही गाडिले सुनसरीकै दुहवी ढाटबाट पनि ६ सय रुपैयाँका विल काटेको थियो ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “कुवेत हिडेका महिलाको उद्दार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । कुवेत भनेर दिल्लीतर्फ लैजान लागिएका तीन महिलाको नेपाल प्रहरी र माइती नेपालको सहयोगमा उद्दार गरिएको छ । शुक्रबार दिउँसो उनीहरुको जोगवनी नाकाबाट उद्दार गरिएको हो । नियन्त्रणमा लिईएका उनीहरुलाई प्रहरीले सोधीखोजी गर्दा कुवेत जान लागि हिडेको जवाफ दिएका थिए । प्रहरीले तीनै जनाको नाम र ठेगाना भने अनुसन्धानका लागि गोप्य राखेको बताईएको छ । उनीहरु एक्लाएक्लै वा अन्य दलालबाट लगिएका हुन भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । उद्दार गरिएका ती महिला मध्य दुई जनाले यसअघि भारतको दिल्लीसम्म गएर काम गरेको बताएका छन् । एक जनाले कुवेत जाने भन्दै घरबाट हिडेको प्रहरीलाई सुनाएकी छिन् ।

फास्ट : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “पेट्रोल खानीबारे अन्यौल कायमै” शीर्षकको समाचारलाई मुख्य समाचार रुपमा छापेको छ । पेट्रोल खानीका नामले चिनिएको मोरङको बेलबारी ८ राधानगरमा पेट्रोल भए नभएको नेपाल सरकारले स्पष्ट पार्न नसक्दा अन्यौल कायम रहेको छ । भारतले नाकाबन्दी लगाएको समयमा चर्चा पाउने बाहेक मोरङको पेट्रोल खानी गुमनाम हुने गरेको भन्दै स्थानीयहरु सरकारले पेट्रोल भए नभएको स्पष्ट पार्न नसक्दा अन्यौल भएको गुनासो गरेका छन् । २०४५ सालमा भारतले नाकावन्दि लगाएको समयमा अन्वेषण सुरु गरी केही काम समेत भएको राधानगरमा पेट्रोल भए नभएको अहिलेसम्म पनि यकिन हुन सकेको छैन ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “वीपीका डाक्टर सुत्केरी गराउन असक्षम” शीर्षकको समाचारलाई मुख्य समाचार रुपमा छापेको छ । वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुतीका लागी आउनेहरु त्यहाँका चिकित्सकको लापारवाहिका कारण जोखिममा छन् । यसै हप्ता मात्र प्रसुती गराउन आएकी दुई जना गर्भवती महिलाको पेटभित्रेै शिशुको मृत्यु भएको छ । बच्चा लिएर खुशी र उमंगका साथ फीर्ने आशा लिएर अस्पताल गएका उनिहरु अहिले अस्पतालमै छन् तर रित्तो कोख लिएर । सुत्केरी गराउन गएका दुवै महिलाले नियमित गर्भ जाँच गराउँदै आएका थिए । जाँचको क्रममा कुनै खरावी देखिएको थिएन । दुई गर्भवतीलाई अस्पतालले प्रसुतिको समय दिएर बोलाएका थिए ।

विष्फोटन : धरानबाट प्रकाशन हुने विष्फोटन दैनिकले “कफी गुरुयोजनाको टेवा” शीर्षकको समाचारलाई मुख्य समाचार रुपमा छापेको छ । स्थानीय सरकारले ल्याएको गुरुयोजनालाई समेत कफीले विशेष टेवा पु¥याउने भएको छ । गुरुयोजनाले विशेष प्राथमिकताको साथ पेशालाई स्थान दिएकाले कफि व्यवसायिक खेतीको सुरुवातले टेवा पु¥याउने भएको हो । उदयपुर जिल्लाको अधिकांस भू–भुभाग पहाडी एरीयाले ढाकेको हुनाले अराविक नामक कफीको राम्रो उत्पादन हुने र व्यवसायिक खेत गर्न सकिने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखरा कास्कीको प्राविधिक टोलीको अध्ययनले देखाएको छ ।