इटहरी :जे.एम.सी. च्यालेन्ज कप को फाइनल खेलमा जे.एम.सी.एघार (ए) ले उपाधी चुमेको छ । ए र जे।एम।सी बोयज (बी) बीच भएको फाइनल खेल भएको थियो ।

s 1

जे.एम.सी.एघार (ए) ले दोस्रो हाफको १० औं मिनेटमा जे।एम।सी।एघार का रोशन खड्काले पहिलो गोल लगाएर फाइनल खेलमा आफ्नो विजयी सुनिश्चित गरेका थिए । दुवै आयोजक बीच रोमान्चक तरिकाले भएको खेलको दोस्रो हाफपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा सोहि गोल निर्णायक बन्न पुग्यो । आदर्श राईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अनिश चौधरी उत्कृष्ट गोल किपर भए । ब्याष्ट फोर्वार्ड निमा शेर्पा, ब्यास्ट डिफेन्समा भरत सरदार, म्यान अफ दि टुर्नामेन्ट आकाश राई र खेलभरि सबैभन्दा बढि गोल गर्ने, आकाश चौधरीलाई, नेविसंघ जनता क्याम्पसका सभापति सहदेव काफ्लेले पुरस्कार प्रदान गरे ।
विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसद्धारा आयाजित च्यालेन्ज कपका बिजेता हुने टीमले नगद दश हजार, ट्रफी, मेडल र प्रमाणपत्र एवम् उपविजेता हुने टीमले ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष बिनोद खड्काले बताए ।