धरान: धरान १५ स्थित युनाइटेड गोर्खा एकेडेमीको आयोजनामा यहि माघ २ गते देखि छैटौ युनाइटेड गोर्खा एकेडेमी भलिवल कप प्रतियोगिता हुने भएको छ ।

एकेडेमीले सोमबार बिहान बगरबोटस्थित एमएच बिबिक्युमा पत्रकार सम्मेलन गर्दै छात्र र छात्रा दुवैको प्रतियोगिता माघ २ देखि ५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । दुवै तर्फ कुल १८ वटा टिमले सहभागिता जनाउने एकेडेमीका प्राचार्य पेम्बा शेर्पाले जानकारी दिएका छन् । प्रतियोगितामा छात्र छात्रा दुवै तर्फका प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद १५ हजार, १२ हजार, १० हजार रुपैया, मेडल प्रमाणपत्र र ट्रफी पाउनेछ ।

त्यस्तै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडि, वेस्ट सर्भिस, वेस्ट लिप्mटर, वेस्ट स्पाइकर , वेस्ट व्लकरले जनहि १ हजार २ सय रुपैया, प्रमाण पत्र र ट्रफि प्राप्त गर्नेछ भने प्रतियोगिताको फेयर टिमलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिने प्राचार्य शर्पाले जनाए । प्रतियोगिताको पाचौ संस्करणमा छात्र तर्फ युनाइटेड गोर्खा एकेडेमि र छात्रा तर्फ हाम्रो इङलिस वोर्डिङ स्कुलले उपाधि चुमेका थिए । प्रतियोगितामा सुनसरी भरिका निजि विद्यालयले सहभागिता जनाउनेछ । विद्यालयको आप्mनै खेल मैदानमा आयोजना हुने प्रतियोगिताको अनुमानित वजेट ९ लाख ५० हजार रुपैया रहेको आयोजक कमिटिका सदस्य नरेश राईले जनाए ।