इटहरी: विराटनरमा हुन गई रहेको सुचना प्रविधिका क्षेत्रमा भई रहेका गतिविधिहरुका विषयमा जानकारीसहितको प्रर्दशनी क्यान इन्फोटेकको नयाँ शैलीमा प्रचारप्रसार गरिएको छ ।

क्यान इन्फोटेकको प्रचारप्रसार अभियानमा जुटेको आयोजक क्यान फेडेरेसन मोरगंले नृत्य प्रस्तुत गरेर प्रचार गर्दै आएको छ । पौष १९ देखि २३ गतेसम्म विराटनगरको जैन भवनमा हुन गइरहेको क्यान इन्फोटेकको प्रचार गर्दै इटहरी आइपुगेको टोलीले आकर्षक नृत्य प्रस्तुत गर्दै इन्फोटेकमा आउन निमन्त्रणा गर्याे । न्युक्लीयर डान्स ग्यागंका कलाकारहरुले क्यान इन्फोटेकको नृत्यकला प्रस्तुत गरि प्रचारप्रसार गर्दै आएका छन् ।

क्यान इन्फोटेक विराटनगरमा सात वर्ष पछि हुन लागेको र त्यहाँ नयाँ नयाँ प्रविधिहरुका विषयमा जानकारी, खरीद गर्न सकिने व्यवस्था रहेको प्रचार अभियानमा सहभागी न्युक्लीयर डान्स ग्यागंका रेमो रोयले जानकारी दिए । त्यसैगरी क्यान सुनसरीले समेत आगामी फागुनमा क्यान इन्फोटेक आयोजना गर्न लागेको कोषाध्यक्ष खड्गप्रसाद ओझाले वताए ।