धरान: धनकुटा र सुनसरीको सिमाना हो, साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार । यो प्रदेश नं १ कै चर्चित पर्यटकीयस्थल हो । विगतमा अलग्गै गाविस रहेको भेडेटार अहिले साँगुरीगढी गाउँपालिका बनेको छ ।

भेडेटारमा सोमबारदेखि सातौ फुड फेस्टिवल शुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेदरधन राईद्धारा उद्घाटन भएको फेस्टिवल ३ दिनसम्म चल्नेछ । भेडेटार आफैमा प्राकृतिले दिएको सुन्दर वरदान हो । यहाँको मौषम, वातावरण एवं प्रकृत्ति अन्यत्र पाउन गाह्रो छ । यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु छन् । त्यसैले त आन्तरिक मात्र होइन, बाह्य पर्यटकहरु(बिशेष गरी भारतीय)को यहाँ ताती लाग्छ ।

aaaIMG_20181231_134326 copy

सोमबारदेखि शुरु भएको भेडेटार फुड फेस्टिवलमा प्राकृत्तिक सौन्दयबाहेक यसपाली अन्य आकर्षणहरु पनि थपिएको छ । यसपाली आयोजक भेडेटार होटल एशोसिएशनको पहलमा हेलिकप्टर टुरको व्यवस्था गरिएको छ । पर्यटकहरुले मात्र ४ हजार ९ सय रुपैयामा हेलिकप्टर टुर गर्ने अवसर यसपाली फेस्टिवलमा पाउनेछन् । यति थोरै मुल्यमा यो अवसर पर्यटकहरुको लागि प्रमुख आकर्षण हो । सिम्रिक एयरले सोमबारदेखि नै पर्यटकहरुलाई हेलिकप्टर टुर गराउन थालिसकेका छन् ।

आयोजक एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार पहिलो दिन ४ फ्लाइट हेलि टुर भएको थियो । मंगलबारको लागि पनि बुकिङ भएको छ । यो निक्कै सस्तो टुर प्याकेज हो । इच्छुक पर्यटकहरुलाई हेलिकप्टरबाटै पाथीभरासम्म पनि पुर्याउने व्यवस्था छ । उद्घाटन समारोहमा हेलिकप्टरबाट पुष्प वृष्टि गरेर सोमबार रौनक छरेको थियो ।

aaa49107939_469647483563374_4108254849915682816_n copy

यस्तै, उद्घाटन समारोहमा विभिन्न आदिबासी जनजातिहरुको मौलिक साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो । यस्तै, स्टलहरुमा खानाको परिकार, अल्लोको उत्पादन, घरेलु हस्तकलाका साम्रीहरु, कृषि उत्पादन, चित्रकला, सुन्तला, तरुल, मह, काठ र बाँसका सामग्रीहरु पनि बिक्रीमा राखिएका छन् ।

aaaIMG_8634

aaaIMG_8637 aaaIMG_20181231_155855 copy aaaIMG_20181231_155936 aaaIMG_20181231_155946 copy aaaIMG_20181231_160014 aaaIMG_20181231_160026 copy