ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सशस्त्रले पक्राउ गरेको गाडी जनपथले छाड्यो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिई नेपाल प्रहरीले कपडा बोकेको गाडी भगाएको छ । झापाको उत्तरी क्षेत्र इलाम र झापाको सीमास्थित नेपाल प्रहरीको चेकपोष्टले सशस्त्र प्रहरी बल १ नम्बर वाहिनी सुनसरीबाट खटिएका दुई सादा पोसाकका प्रहरीलाई नियन्त्रणमा लिएर गाडी छाडेको छ । उक्त चेकपोष्टमा असइसहित ५ प्रहरी कार्यरत छन् । इलामको पशुपतिनगरबाट मे. १ ज १६५३ नम्बरको पिकअप गाडीमा कपडा ल्याउँदै गरेको सुचनाको आधारमा पुगेको सशस्त्र प्रहरीको टोलीले सोमबार राति करिब ११ बजे नेपाल प्रहरीको चेकपोष्ट नजिकैबाट गाडी नियन्त्रणमा लिएको थियो । गाडीलाई अनुसन्धानका लागी लैजान इलामको पशुपतिनगर आइबारे र झापाको शनिश्चरेबाट थप शसस्त्र प्रहरीक टोली आउन’ अगावै मापसे गरेका प्रहरीले उल्टो प्रतिप्रश्न गर्दै गाडी छाडेको सशस्त्र प्रहरीको भनाई छ ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “किताबको भारी बोकाउन रोक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ईनरुवा नगरपालिकाभित्र संचालनमा रहेका विद्यालयहरुले विद्यार्थीलाई बोझिलो हुने गरी किताबको भारी बोकाउन नपाउने भएका छन् । नगर शिक्षा समन्वय इकाईको निर्णय अनुसार निजी विद्यालयका हकमा उक्त निर्णय कार्यान्वयनमा ल्याउन लागिएको हो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार नगरभित्र संचालनमा रहेका सबे विद्यालयका लागि नियम अनिवार्य गरिएको छ । संस्थागत विद्यालयले आफु पायकका किताब पाठ्यक्रममा समावेश गर्ने र विद्यार्थीहरुलाई बोझिलो हुने गरी भारी बोकाउने परिपाटीको अन्त्य गर्न लागिएको नगर प्रमुख मेहताले बताए । पठनपाठनमा ल्याइने पाठ्यपुस्तक नेपाल सरकारले तोकेको परिधिभित्र रहेको हुनुपर्ने समेत मेहताले स्पष्ट पारे ।

ओजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “राष्ट्रिय झण्डा बदल्न माग गर्दै नाराबाजी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । राष्ट्रिय झण्डा बदल्नुपर्ने र संविधान पुनर्लेखन हुनुपर्ने माग गर्दै धरानमा नाराबाजी गरिएको छ । ३० औँ मंगोल दर्शन स्थापना दिवसको अबसरमा धरानमा मंगोल नेशनल अर्गनाईजेशन–डा. गोपाल गुरुङ पाटी –एमएनओ–डा.गोपाल गुरुङ) ले नेपालको राष्ट्रिय झण्डा बदल्नुपर्ने र संविधान पुनर्लेखन गर्नुपर्ने माग गर्दे ¥याली निकालेको हो ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “परिवारबाट टाढिइन् एकल महिला” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ‘आफुले जन्माएको सन्तान बढेसकालको सहारा हो’ भन्ने मान्यता पछिल्लो समय खण्डित हुन थालेको छ । सन्तानको उन्नती र खुशीका लागि सबै इच्छाहरु समेत त्यागेका आमा बाबुहरु हिजोआज तिनै सन्तानदेखी टाढिएर एक्लिदै गएको छ । सन्तानमा आमाबाबुप्रति कर्तव्य बोध समाप्त हुदैँ गएको छ । उदाहरण खोज्न टाढा जानु पर्दैन धरानकै एक ५० वर्षीय एकल महिला परिवारबाट टाढिन पुगेकी छिन् । उनकी पुख्र्यौली थलो भोजुर भएको बताउँछिन् । विवाह पछि श्रीमानसंग उनी धरान आएका थिए । हाल उनका दुइ छोरा दुई छोरी छन् । सबै सन्तान विदेशमा छन् । ठुलो छोरीको नातिनी संगै उनी हाल एउटा कोठा लिएर बस्दैँ आएकी छिन् । नेपाली समाजमा छोराहरुलाई सन्तानको मुल खम्बाको रुपमा भरपर्दो सहाराको रुपमा लिने मान्यता छ । तर उनको जीवनमा भने यो मान्यता खण्डित भएको उनी बताउँछिन् । छोरीहरुनै उनको आडभरोसा बनेका छन् ।