सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ मा सुनसरीका एक सुन व्यापारीको १० लाख रुपैयाँ लुटपाट भएको छ । सुनसरी बराह नगरपालिका–१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।

काठमाडौबाट बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई चौहत्तरकिलो भन्ने स्थानमा खाजा खाइरहेको अवस्थामा ३ जनाको समूहमा आएका लुटेराले रकम लुटेको हो । घिमिरेको काठमाडौंमा सुन पसल रहेको र सुन खरिद गर्न रकम साथमा लिएर हिँडेको खुलेको छ ।