धरानः नेपाल पत्रकार महासंघ सुनसरी शाखाको ११ औ बार्षिक साधारणसभाअन्र्तगत सप्तहाव्यापी कार्यक्रममा बुधबार सुनसरीका पत्रकारहरु विभिन्न खेलकुद गतिविधिहरुमा सहभागी भएका छन् ।

धरान १८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका पत्रकारहरु फुटबल, हाडी फुटाउने र सय मिटर म्याराथुन प्रतिस्पर्धामा सहभागी भएका थिए । बिहान आयोजित फुटबल खेलमा इलेक्ट्रोनिक मिडिया र प्रिन्ट मिडियाबीच मैत्रिपूर्ण खेल भएको थियो । उक्त खेलमा इलेक्ट्रोनिकले ७–१ को फराकिलो गोल अन्तरले प्रिन्ट मिडियालाई पराजित गरेको थियो ।

S6410044 copy

ईलेक्ट्रोनिकको जितमा धिरेन लिम्बू एक्लैले ४ गोल गरेका थिए भने रोजन श्रेष्ठ, अरुण राई र गुरु ढकालले पनि १÷१ गोल गरेका थिए । प्रिन्टका तर्फबाट एक मात्र सान्त्वना गोल भोजराज श्रेष्ठले गरे । खेलको म्यानअफ दि म्याच घोषित हुदै धिरेन लिम्बूले नगद एक हजार पाए भने उत्कृष्ट गोलकिपर घोषित हुँदै जनकऋषि राईले नगद ५ सय पुरस्कार स्वरुप पाए । दुवै पुरस्कार अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष तथा धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले व्याक्तिगत रुपमा प्रदान गरेका थिए । राई उक्त कार्यक्रमको प्रमुख अतिथी पनि थिए ।

49126902_2262758127075795_3597584595630948352_o copy

मैत्रीपूर्ण खेलमा धरानका अग्रज पत्रकार हर्ष सुब्बा, ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोर कुमार कार्की, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष आनन्द श्रेष्ठ, महासंघका अध्यक्ष अमर खड्का लगायत पनि मैदानमा उत्रिएका थिए । खेलमा सहभागी बनेर खेलको नियमबारे जानकारी प्राप्त हुने र पत्रकारहरुलाई समाचार लेखनमा मद्दत पुग्ने भएकोले मैत्रीपूर्ण खेलको आयोजना गरिएको महासंघ सुनसरीका अध्यक्ष खड्काले बताए ।

IMG_20190102_102200 copy
यसैगरि, सोही मैदानमा आयोजित हाडी फुटाउने कार्यक्रममा पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष कार्की पुरस्कृत भए । थुप्रै पत्रकारहरुले आँखामा पटि बाँधेर हाडी फुटाउन प्रयास गरेपनि सफल हुन सकेनन् । तर, उपाध्यक्ष काफ्लेले भने हाडी फुटाएर नगद ५ सय पनि जिते । यस्तै, बुधबार नै आयोजित १०० मिटर दौडमा फोटो पत्रकार एवं प्रदेश पार्षद विकास राई प्रथम हुदै नगद ५ सय जिते । पत्रकार महासंघ सुनसरीको बार्षिक साधारणसभा बुधबार धरानमा हुदैछ ।

IMG_20190102_100309 copy IMG_20190102_100347 copy IMG_20190102_103321 copy IMG_20190102_103720 copy