ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “पानी कम हुँदा उत्पादन प्रभावित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बिग्रिएर वर्षौ थन्किएको चतरा जलविधुत केन्द्रको एउटा युनिट मर्मतपछि आंशिक उत्पादन लगभग शुन्यमा झरेको छ । एउटा युनिट अहिले पनि बिग्रिएर थन्किएको एक दशक पुग्न लागेको छ । केही समयअघि मात्रै बनेको एउटा युनिटमा पनि पानी अभाव हुदा सोचेजस्तो उत्पादन हुन नसकेको हो । केन्द्रको २ नम्बर युनिट ८ वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मतपछि १ नम्बर युनिटले प्रतिदिन ७ सय किलोवाट विधुत उत्पादन गरे पनि अहिले आएर साढे ४ सय मात्र उत्पादन भइरहेको छ ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “साथी संगतले दुब्र्यसनमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । संगतका कारण युवाहरु लगुऔषधको दुब्र्यसनीमा फस्ने गरेको अध्ययनले देखाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको लागुऔषध विरुद्धको अभियानका क्रममा साथीसंगीसंगको संगतकै कारण दुब्र्यसनीमा फस्ने गरेको त्यस्तो लतमा लागेकाहरुले बताएको प्रहरीको भनाई छ । प्रहरीले विराटनगरको सीमावर्ती क्षेत्र रानीमा ९० दिन चलाएको अभियानका क्रममा एक हजार ६ सय १८ लागुऔषध प्रयोगकर्ता माथि सोधपुछ गर्दा ९७ प्रतिशतले साथीकै कारण दुब्र्यसनिमा लागेको बताएका थिए । दुई प्रतिशतले चलचित्र हेरेर आगुऔषध प्रयोग गर्न थालेको बताए । अभिभावकले आफ्ना सन्तानको संगतमा चासो नराख्दा युवाहरु कुलतमा फस्ने गरेको पाइएको हो । गत भदौ २४ गत्तेबाट सुरु भएको अभियानका क्रममा भरतीय बजार जोगवनीबाट लागुऔषध प्रयो गरी फर्किएका १ हजार ६ सय १८ जनालाई नियन्त्रणमा लिएर परामर्श गरिएको छ ।

म्र्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “पत्रकारहरुको प्रतिस्पर्धा फुटबल मैदानमा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ब्रेकीङ न्यूजको प्रतिस्पर्धा गर्ने अनलाइन, एफएम,टेलिभिजन लगाएतका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी र खोजमुलक भ्रटाचार, अत्याचार, सामाजिक ििवषयवस्तुमा आधारित विकृति, विसंगगीत तथा सकारात्मक कुराहरुका समाचार, फिचर स्टोरी गर्ने छापा माध्यमका पत्रकारहरु बुधबार फुटबल मैदानमा प्रतिस्पर्धा गरिरहेका थिए । फुटबल त्यसैपनि खेल्नेलाई भन्दा हेर्नेहरुका लागि लोकप्रिय खेल हो । तर पत्रकारहरुको फुटबलमा दर्शकलाई आमण्त्रण गरिएको थिएन । त्यसो त घाइते हुने जोखिम मोलेर मैदानमा भिडेका पत्रकारहरुलाई ठुलै पुरुस्कार पनि थिएन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान स्थित फुटबल मैदानमा भएाके प्रतिस्पर्धामा छापा माध्यमका टिम कमजोर थियो । तथापी भोजराज श्रेष्ठले स्कोर गरेका थिए । जसले प्रतिस्पर्धामा टिमको इज्जत बचाए ।

पूर्वी बजार : इटहरीबाट प्रकाशन हुने पूवी बजार दैनिकले “कोसेली बन्दै धनकुटे नरिवल विस्कुट” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धनकुटामा बन्ने नरिवल बिस्कुटको बारेमा थाहाँ पाएको जो कोही मानिस धनकुटा फर्कदा हातमा धनकुटे नरिवल बिस्कुट कोसेली लिएर फर्कने गरेका छन् । धनकुटा ४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले उत्पादन गरेका धनकुटे बिस्कुट धनकुटाको पहिचाननै बनेको छ । २००८ सालमा देब्रे बासमा चिया दोकान गर्ने श्रेष्ठले ग्राहकको मागका आधारमा भारतीय बिस्कुट ल्याएर माथिल्लो कोप्चेबाट बेच्ने गर्थे । तर, दोकानमा चिया पिउन आउने केही नियमित ग्राहकको सल्लाहमा उनले आफैँ बिस्कुट बनाउने अभ्यास सुरु गरे । अन्तत उनले २०११ सालबाट नरिवल सहितको बिस्कुट उत्पादन शुरु गरे ।