टोक्यो : जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडि आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेको छ । उनले आफ्ना हजारौँ शुभचिन्तकसामू शान्ति कायम गर्न आग्रह गरे ।

बुधबार बिहान सम्राटको नयाँ वर्ष स्वागत सम्बोधन कार्यक्रममा ७२ हजार भन्दा बढी उनका शुभचिन्तक राजदरबार अगाडि भेला भएका थिए ।

८५ वर्षीय सम्राटले अन्तिम पटक दिनु भएको परम्परागत नयाँ वर्षको स्वागत कार्यक्रमलाई अवलोकन गर्नका लागि टाढा–टाढाबाट समेत मानिसहरु आएका थिए ।
जापानको राजतन्त्रमा यस प्रकारले पदत्याग गर्ने सम्राट अकिहितो करिब दुई शताब्दी यता नै पहिलो व्यक्ति हुनेछ । उनले ३० वर्षको शासनपछि आउँदो अप्रिल ३० मा आफ्नो राजगद्दी छोडेको हो ।

j 1

‘तपाईँहरुसँग खुल्ला आकाशमुनि नयाँ वर्ष मनाउन पाउँदा म अत्यन्त खुशी छु’ जापानी झण्डा हल्लाउँदै सम्राटको लामो जीवनको कामना गरिरहेका हजारौ व्यक्तिसामू अकिहितोले भने ।

सम्राट अकिहितो जापानी नागरिकहरुबीच निकै नै लोकप्रियसमेत भएको थियो। उहाँले सामान्य महिलासँग विवाह गरेको थियो । त्यस्तै उनका दुवै छोराले पनि राज खानदानभन्दा बाहिर नै विवाह गरेको छ ।

–एजेन्सी