ईटहरी: राष्ट्रपति बिद्यादेवि भण्डारीले सुनसरीको इटहरीमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरामा आयोजित कृषि सम्बन्धि प्रयोग हुने प्रविधिहरु तथा अनुसन्धान भएका नयाँ कृषि उत्पादनहरुको प्रदर्शनी अवलोकन गरेकी छिन् ।

कृषिमा भएको परिवर्तन तथा प्रयोग हुने नयाँ उपकरणको प्रर्दशनीको बिहिबार राष्ट्रपतिले अवलोकन गरेकी हुन् । कृषि प्रधान देश भएर पनि कृषिमा लगानीको कमी तथा परम्परागत रुपमा गरिने खेतीका कारण कृषी पेशा ओझेलमा पर्दै गएको भन्दै कृषि अनुसन्धान केन्द्र तरहराले एक दिने प्रदर्शनीको आयोजना गरेको हो । पछिल्लो समय कृषि केन्द्र तरहराले बिशेष गरी धानबाली उत्पादनमा नयाँ अनुसन्धान गरिरहेको र प्रदेश १ कै एक मात्र माछा अनुसन्धान केन्द्र भएको कारण बिभिन्न प्रकारको माछामा अनुसन्धान गरिरहेको अनुसन्धान केन्द्रका प्रमुख टिकाराम चापागाईले जानकारी दिए ।

DSC_0645 copy

चापागाईका अनुसार प्रदर्शनीमा चार वटा जिल्लाका बिभिन्न उत्पादनहरु राखिएको छ । इलाम, धनकुटा लगायतमा उत्पादन भएका सुन्तला, कागती, अलैची, चियाँका नयाँ प्रकारका अनुसन्धान बिउहरुलाई प्रदर्शनिमा राखिएको थियो । कृषिमा प्रयोग भई रहेको अत्याधुनिक उपकरणहरु धान रोप्ने, धान काट्ने, आलु रोप्ने जस्ता नयाँ प्रबिधिको मेसिनहरुको प्रदर्शनीमा विभिन्न निकायका विशिष्ठ ब्याक्तीहरुले अवलोकन गरेका थिए । अवलोकन पछि राष्ट्रपति भण्डारीले कर्मचारीहरुसँग कृषि बिकास सम्बन्धि छलफल गरेकी थिइन् ।