काठमाडौ: संघीय संसदको सदस्यकोरुपमा पद तथा गोपनियताको सपथ लिएका सांसद रेशम चौधरीलाई पुनः कारागार लगिएको छ ।

टीकापुर हत्याकाण्डका मुख्य आरोपी रहेका चौधरी पुर्पक्षको लागि डिल्लीबजार कारागारमा छन् । उनलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउन प्रहरीले कारागारबाटै संसद सचिवालयत लगिएको थियो । सपथ ग्रहण पछि उनलाई पुनः प्रहरीले पक्राउ गरी कारागार लगेको हो । उनलाई सभामुख कृष्णबहादुर महराले सपथ खुवाएका थिए ।

सांसदको सपथ ग्रहण गराएपछि पनि कारागार जानुपर्ने भन्दै उनले सपथ ग्रहणस्थमा नै असन्तुष्टी जनाएका थिए । ‘यो लोगो सांसदको हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ सभामुख मराहलाई उनले प्रश्न गरेका थिए । आफुले सांसदको लोगो लगाएको भन्दै चौधरीले कारागार जानुपर्दा सांसदको प्रतिष्ठान रहन्छ कि रहन्दैन भनेर ख्याल गर्न पनि आग्रह गरेका थिए । आफु कानुन विपरीत साढे ३ बर्ष पुर्पक्षको लागि थुनामा बसिसकेको भन्दै उनले मुद्दा छिटो टुंग्याउन पनि आग्रह गरेका थिए ।

49898320_2270178986339015_5251037182277189632_n copy

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको हत्या गरिएको घटनामा उनी मुख्य आरोपी हुन् । विहान साढे ११ बजेत सपथ गराउने समय तालिका भएपनि दिउँसो ३ बजेको लागि सारिएको थियो । टीकापुर हत्याकाण्डमा मुख्य आरोपीकोरुपमा उनी मुछिएपछि चौधरी फरार थिए । उनले भुमिगत अवस्थामा नै संसदीय चुनावमा उम्मेदवारी दिएका थिए भने भारी बहुमतले उनी विजयी बनेका थिए ।