झापा: झापाको शिवसताक्षी नगरपालिका ११ माइधारमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ ।

दिउँसो करिब अढाई बजे भएको दुर्घटनामा ताप्लेजुङका १८ वर्षीय सबिन लिम्बू र सन्जु लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पूर्व पश्चिम राजमार्गमा ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आएको बोलेरोसँग ठक्कर खाएपछि उनीहरु चढेको मे ४ प ३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुन पुगेको प्रहरीको भनाई छ ।

मृतकहरु मोटरसाइलमा पुर्वतर्फ जादै गरेका थिए । त्यसक्रममा ओभरटेक गर्दा विपरीत दिशाबाट आउँदै गरेको बा १३ च ३१३२ नम्बरको बोलेरोमा ठक्कर खाएर दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलास राईले बताए । उनका अनुसार मोटरसाइकलमा सवार दुवै युवा गम्भीर घाइते अवस्थामा उद्दार गरी उपचारमा लैजादै गर्दा बोटोमा निधन भएको थियो ।