ब्लाष्ट : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “नगरको कार्यालयमा चर्काचर्की” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालयस्थलको बारेमा नगरकार्यलयमा चर्काचर्की परेको छ । विहीबार नगरका मेयर दिलिपकुमार राईलाई समय मागेर उपमेयर यमुना विष्ट बास्तोलासहित छलफलमा बसेका वडा नं. १० का स्थानीय अगुवाहरुसंग चर्काचर्की परेको हो । नगरपालिकाले साविक कार्यालय छेउमा तीन वटा भवन बनाउने योजना गरेपछि वडा नं. १० का स्थानीयले विवाद निकालेका थिए । कार्यालय सार्नुको साटो नगरपालिकाले फेरि नयाँ भवन बनाउन लागेको, नगरपालिकाको कार्यालय सार्ने विषयमा नगरले ध्यान नदिएको भन्दै चर्काचर्की भएको हो ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “इनरुवा दमकल विहिन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । इनरुवा नगरपालिकाको बारुणयन्त्र (दमकल) वीरगञ्ज पु¥याईएको छ । काम नलाग्नेगरी बिग्रिएपछि मर्मतका लागि दमकल विरगञ्ज लगिएको इनरुवा नगरपालिकाले जनाएको छ । जाडो यामभएकाले यतिबेला ग्रामीण भेगमा दैनिकजसो आगलागी भैरहेका छन् । सुनसरी सदरमुकाममहा रहेको दमकल एकसातायता बिग्रेकोले आसपासका पालिकाहरुमा रहेका दमकलको भरपर्नुपर्ने अवस्था सिर्जना भएको छ । इनरुवा नगरपालिकाको दमकल इञ्चार्ज विनोद भट्टराईका अनुसार दमकल कतिदिनमा बनिसक्ने कुनै टुङ्गो छैन । इटहरीस्थित सिप्रदीको कार्यालयमा बिग्रेको दमकल बनाउन नसकेपछि वीरगञ्जस्थित कार्यालय लगिएको इनरुवा नगरपालिकाको दमकल शाखाले जनाएको छ । पानी तान्ने लगायत दमकलको समपूर्ण पाटपुर्जामा खराबी देखिएकोले मर्ममकालागि दमकल वीरगञ्ज लगिएको इञ्चार्ज भट्टराईले बताए ।

फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “तरुल खेतीको फाइदाले किसान आकर्षित” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सदुपयो नगरिएको भिटाबारीमा तरुल खेती गरेर राम्रो आम्दानी लिन थालेका छन् , सुनसरीका उत्तर क्षेत्रका कीसानहरुले । आठ वर्षदेखि प्रकाशपुर र राजाबासका किसानहरुले तरल बेचेर राम्रो आम्दानी लिदैँ आएका छन् । थोरै जग्गामा पनि तरल रोप्न सकिने भएपछि किसानहरु केहि बाली नहुने डाँडो खेत र विरुवा बारीहरुमा तरुल रोप्दै आएका छन् । माघे संक्रान्तिका दिन हिन्दु परम्परा अनुसार तरुल उसिनेर खाने र तरकारीको रुपमा समेत खाने चलन भएको हुदाँ तरलको माग अत्याधिक भएकोले पनि बजारमा मागनुसारको तरल पु¥याउन नसकेको कृषक भक्त सापकोटाले बताए । राजाबासका कृषक सापकोटाका अनुसार पहिला आफुलाई खानमात्रै राप्ने गरेको किसानहरुलाई अहिले व्यावसायिक रुपमै खेती गर्दै आएका छन् । किसानहरुले तरुल मात्रै बेचेका छैनन् । तरुलको लहरा र जरामा फल्ने साना विउ तरुलहरुको माग पनि बढेको छ । प्रतिकेजी १ सय रुपैँया सम्मले विउ विक्री हुने गरेको छ ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “राष्ट्रपति आउँदा सकस” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । राष्ट्रपति विदादेवि भण्डारीले बिहिबार तरहरामा कृषि अनुसन्धान केन्द्र द्धारा आयोजित कृषि प्रदर्शनीको अवलोकन गरक िछिन् । प्रदर्शनीमा प्रदेश १ का चार जिल्लाका विभिन्न उत्पादनहरु प्रदर्शन गरिएका छन् । इलाम, धनकुटा, लगायतका उत्पादन भएका सुन्तला, कागती, अलैँची, चियाका नयाँ प्रकारका अनुसन्धान विउहरुलाई प्रदर्शनीमा राखिएका हुन् । प्रदर्शनीमा कृषिमा प्रयोग भईरहेका आधुनिक कृषि यन्त्रहरु धन रोप्ने, धान काट्ने, आलु रोप्ने जस्ता नयाँ प्रविधिको मेसिनहरु राखिएका थिए । अनुसन्धान केन्द्रका प्रमुख टिकाराम चापागाइका अनुसार अनुसन्धान केन्द्रमा राष्ट्रपति भण्डारीले कृषि सम्बन्धि प्रयोग हुने प्रविधिहरु त्था अनुसन्धानमा भएका नयाँ कृषि उत्पादनहरुको प्रदर्शनी अवलोकन गरेकी हुन् ।