पथरी : मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय भवन बन्ने कुरामा सहमति भएको छ ।

विहिबार नगरपालिका कार्यालयमा बसेको छलफलले सर्वसाधारण आम जनता र जनप्रतिनिधिको संयुक्त टोली गठन गरेर भवन निमार्णको टुङ्गो लगाउने सहमति भएको हो । लामो समय देखि तोकिएको स्थानमा नगरको भवन निर्माण गर्नुपर्ने भन्दै साविकको शनिश्चरेबसीले आवाज उठाउदैँ आएका थिए ।

पछिल्लो समय निकै चर्चामा रहेको भवन निर्माणको विषय अब भने एउटा टुङ्गोमा पुग्ने आम सर्वसाधारणले आशा गरेका छन् । पटक पटक भएको राजनैतिक सहमति र पुनरावेदन अदालतले समेत गरेको निणर्यको कार्यान्वयन नगरेको भन्दै स्थानीयले पटक पटक आवाज उठाउँदै आएका थिए । बिहिबार नगरपालिकामा पुगेको भवन निर्माण संघर्ष समितिसंग नगरप्रमुख दिलिप कुमार राई, उप प्रमुख यमुना विष्ट र प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतम सहितले छलफल गरेपछि एउटा निष्कर्षमा पुग्ने सहमति भएको हो ।

p 2

पुनरावेदन अदालतले गरेको निर्णय अनुसार हालको वडा नं। १० सिविरडाँडाँमा नगरको भवन बन्नुपर्छ भन्ने माग संघर्ष समितिले उठाउदैँ आएका छन् । यता नगरले भने पुनरावेदन भन्दा पछाडी राज्य पूनःसंरचना आयोगले साविकको नगरपालिका कार्यालयबाटै कामकाज संचालन गर्न भनेको हुँदा नगरको भवन कहाँ बन्ने अन्योलता भएको बताएको छ । अब नगरको भवन कहाँ बनाउने भन्ने टुङ्गो नलागेपछि सम्बन्धित निकायमा यसको निक्र्योल गर्नका लागि पत्रचार गरेको नगरप्रमुख राईले बताउदै आएका छन् ।

उता पत्रचार गरेको भएता पनि नगरले थप तदारुक्ता नदेखाएको भन्दै स्थानीयले आवाज उठाएपछि यो विषयमा लामो चर्काचर्की र छलफल भएको छ । छलफल पछि एक हप्ता भित्रमा जनप्रतिनिधि र संघर्ष समितिका गरी एकदमै सानो र छरितो समिति तयार गर्ने मौखिक सहमति भएको छलफलमा सहभागी पर्शुराम कार्कीले जानकारी दिए । सो समितिले नगरले गरेको पत्रचार, राज्य पूनःसंरचना आयोग, पुनरावेदनले गरेको निर्णय र सर्वोच्चले सदर गरेको पुनरावेदनको निर्णयका विषयमा जानकारी लिने तथा अब नगरको भवन कहाँ बन्ने भन्ने विषयमा टुङ्गोमा पु¥याउन सहयोग गर्ने छ ।