इटहरी: संस्थागत एवं निजी विद्यालयहरुले अनिवार्यरुपमा १० प्रतिशत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । तर, संस्थागत विद्यालयहरुले यो कानुनी प्रावधानलाई पालना गरेका छैनन् ।

इटहरी उपमहानरपालिकाले भने आफ्नो क्षेत्रमा रहेका संस्थागत विद्यालयहरुमा पनि जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पाउने गरी पहल थालेको छ । इटहरी उपमहानगरले संस्थागत विद्यालयका १० प्रतिशत विद्यार्थीलाई छात्रवृतिको छनौटका लागि परीक्षा सञ्चालन गर्दै पहल थालेको हो । संस्थागत विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गर्नका लागि इटहरी उपमहानगर अन्र्तगतको शिक्षा महाशाखाको पहलमा परीक्षा लिइएको छ । सम्भवत यो सुनसरी जिल्लामै पहिलो पटक भएको हो ।

जेहेन्दार र समावेशी विद्यार्थीहरुलाई छात्रवृतिका लागि सुचना निकालेर आवेदन दिएका विद्यार्थीहरुलाई छनौटका लागि परीक्षा लिइएको शिक्षा महाशाखा प्रमुख उपसचिव भुपेन्द्र कोइरालाले जानकारी दिए । उनका अनुसार छात्रवृतिका लागि सस्थागत विद्यालयको कक्षा ११ मा पढने ४७ जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदनका लागि डेढ महिनाको समय दिइएको थियो । स्थानीय सरकारको हैसियतले इटहरी उपमहानगरले छात्रवृतिका लागि यस्तो कार्य गरेको हो । छनौट भएका विद्यार्थीले कक्षा ११ र १२ मा छात्रवृति पाउने छन् ।