धरान: १९ औं अन्तर वडास्तरीय रेडबुल गोधुली फुटबल रनिङ कप शुक्रबारदेखि धरानमा शुरु भएको छ ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १४ विजयी भयो । धरानको वडा नं १४ ले वडा नं ५ लाई २–० गोलअन्तरले हरायो । दोस्रो हाफको १५ औं मिनेटमा बर्षात तामाङले गोल गर्दै वडा १४ लाई अग्रता दिलाएका थिए भने १८ औं मिनेटमा विवेक राईले दोस्रो गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि वडा १४ का विवेक राई घोषित भए । प्रतियोगितामा शनिबार वडा नं १७ र वडा नं ९ बीच खेल हुनेछ ।

aIMG_8710

धरान १७ स्थित गोधुली क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा धरानको वडा २ र ७ बाहेक १८ वटा वडा कार्यालयको टिम सहभागी छ । प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उत्कृष्ट खेलाडीले नगद १० हजार र उच्च गोलकर्ताले नगद ७ हजार पुरस्कार पाउनेछ । यस्तै, उदयीमान खेलाडी, उत्कृष्ट डिफेन्स, म्यानअफ दि म्याच, उत्कष्ट गोलकिपर र उत्कृष्ट कोचले पनि जनही नगद ५ हजार पाउने क्लबले जनाएको छ ।

aIMG_8683 aIMG_8699 aIMG_8703 aIMG_8718 aIMG_8715 aIMG_8704