धरान । निक फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा सहभागी हुन सुर्य नेपाल इष्टर्न ओपन च्याम्पियन शुक्रबहादुर राईसहित ५ जना एमेच्योर गल्फ खेलाडीहरु काठमाण्डौ गएका छन् ।

काठमाण्डौंको गोकर्ण गल्फ कोर्षमा सोमबारदेखि च्याम्पियनसिप शुरु हुदैछ । च्याम्पियनसिपमा भुटान, वंगलादेश र नेपालका खेलाडीहरु सहभागी हुनेछन् । च्याम्पियनसिपमा सहभागी हुन इष्टर्न च्याम्पियन तथा नेपालका नम्वर वान एमेच्योर गल्फर शुक्रबहादुरसँगै सागर गुरुंग, समीर बिक, रितेश तामांग र सुमन परियार काठमाण्डौ गएका छन् । रितेशबाहेक सबै धरानका खेलाडी भएको टिम मेनेजर एवं धरानका युवा प्रोफेस्नल खेलाडी शिवकुमार माझीले जानकारी दिए । 'रितेश इटहरीको खेलाडी भएपनि उनी धरानको निर्वाणा गल्फ कोर्षमा नै अभ्यास गरेर उत्पादन भएका खेलाडी हुन्,' उनले भने । गल्फ कोर्षमा खेलाडीहरुले अभ्यास गरिरहेको पनि उनले बताए ।

49389771_2207597446164762_2572337968924590080_n copy

उनका अनुसार च्याम्पियनसिपमा यु १६ र यु २१ उमेर समुहको स्पर्धा हुन्छ । यु १६ का २ विजेता खेलाडीले चीनमा हुने ग्राण्ड फाइनलमा सहभागी हुने अवसर पाउनेछन् भने यु २१ का २ विजेताले फाल्डो सिरिज एसिया ग्राण्ड फाइनलमा खेल्ने अवसर पाउनेछ । धरानबाट गएका रितेश र समीर यु १६ का खेलाडी हुन भने अन्य तीन जना यु २१ उमेर समुहका खेलाडी हुन् । यो च्याम्पियनसिपमा २०१५ देखि निरन्तर धरानका खेलाडी विजेता भइरहेका छन् । सन् २०१५ मा शिवकुमार माझी च्याम्पियन भएका थिए भने २०१६ र २०१७ मा शुक्रबहादुर च्याम्पियन भएका थिए । 'यो बर्ष पनि शुक्रले जित्यो भने ह्याट्रिक हुन्छ,' २०१५ का विजेता एवं मेनेजर माझीले भने ।

49344795_728732497485146_8736598662777405440_n copy 49476274_798353127171388_2955712204374016000_n copy 49673870_546070099137826_8049374135589011456_n copy