इटहरी : इटहरी खानेपानी उपभोक्ता सस्थाले जनता माध्यमिक विद्यालयलाई स्कुल बस खरीदका लागि २२ लाख ५१ हजार २ सय रकम उपलब्ध गराएको छ ।

संस्थाका अध्यक्ष राम प्रसाद चौलागाँईले जनता स्कुल ब्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगाललाई एक कार्यक्रमबीच सो रकम बराबर चेक हस्तान्तरण गरेका छन् । बस खरीदमा सहयोग गर्ने बिषयमा विद्यालयका प्रधानाध्यपक छत्रपति ढुँगेल र खानेपानीका ब्यवस्थापक हरी कटुवाल विच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता पत्रमा गरिब, दलित, विपन्न वर्गका विद्यार्थीलाई शिक्षाको पहुचमा ल्याउन स्कुल वस प्रयोगमा ल्याउनुपर्ने उल्लेख गरिएको छ । नाफा र ब्यवसायमुलक कार्यमा स्कुल वस प्रयोग गर्न नपाउने पनि सम्झौतामा उल्लेख छ । इटहरी वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराई र इटहरी ९का अध्यक्ष भूपेन्द्र वरालको रोहवरमा सम्झौता भएको हो ।