इटहरी : सुनसरीको इटहरीमा बिहिबार देखी सुरु दोश्रो सभामुख कप राष्टिय भलिबलमा शुक्रबार पहिलो चरणका सम्पूर्ण खेलहरु सकिएका छन ।

शुक्रबार बिहान भएका खेलहरुमा एपीएफ र नेपाल पुलिस बिजयी भएका छन । पहिलो खेलमा एपिएफले प्रदेश ५ लाइ ३–० को सोझो सेटले पराजित गरेको छ । एपिएफले २६–२४, २६–२४ र २५–१५ को सोझो सेट निकाल्न सफल भयो । यस्तै (शनिबार) आज बिहानै भएको दोस्रो खेलमा नेपाल पुलिसले प्रदेश २ माथी सहज जित निकाल्यो । सो खेलमा पुलिस २५–९, २५–१८ र २५–७ को फराकिलो जित निकाल्न सफल भयो । तेश्रो खेलमा शुक्रबार दिउसो प्रदेश ५ ले पनि प्रदेश ७ माथी ३–० को सोझो सेटको जित निकाल्यो । सो खेलमा प्रदेश ५ ले प्रदेश ७ लाइ २५–१६, २५–१७ र २५–१९ को सहज जित निकाल्यो । शुक्रबारको अन्तिम खेलमा प्रदेश ३ ले प्रदेश २ लाइ ३–० को सोझो सेटले पराजित गरेको छ । सो खेलमा प्रदेश ३ ले प्रदेश २ लाइ २५–२१, २९–२७ र २७–२५ को सेटले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार क्वाटरफाइनल खेलहरु सम्पन्न गरिने प्रचारप्रसार संयोजक बिक्रम थापाले जानकारी दिए ।

शनिबार हुने पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बिच प्रतिष्पर्धा हुदा दोसो्र क्वाटरफाइनलमा एपीएफ र कर्णाली प्रदेश बिच प्रतिष्पर्धा हुने आयोजक सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । शनिबार नै हुने तेश्रो खेलमा प्रदेश नम्बर ३ र प्रदेश ४ बिच प्रतिष्पर्धा हुदा अन्तिम क्वाटरफाइनलमा नेपाल आर्मी र प्रदेश नम्बर ५ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । बिजेताले ४ लाख र उपबिजेताले २ लाख नगद पुरस्कार पाउने प्रतियोगिता पुस २३ गतेसम्म चल्नेछ ।