इटहरी : तरहराका स्थानियबासीले विसौं वर्ष देखी नगरपालिका, सम्बद्ध निकाय र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लाई हारगुहार गर्दा पनि सामान्य सुधार सम्म नभएको बाटो विहीवार राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि रातारात बनाइएको छ ।

साना सवारी कुदाउनै नसकिने अवस्थाको कृषी अनुसन्धान केन्दको बाटो राष्ट्रपतिका लागि करीब दुई सय मिटर ग्राभेल गरि चिल्लो बनाइएको हो । कृषि केन्द्र हुँदै मध्य भागबाट शान्तिनगर जाने बाटो बिसौँ बर्ष अघि देखि सबै तिर हारगुहार गर्दा पनि बन्न सकेको थिएन् । कृषि केन्द्रले त ‘सडक बनाउने काम हाम्रो होइन्’ भनि पन्छिदै आएको थियो ।
तर राष्ट्रपति भण्डारीले अनुसन्धान केन्द्रको अनुगमन गर्ने कार्यक्रम सहित आउने भएपछि बाटो रातारात बनेको हो । उक्त बाटोमा पानी, माटो र गिटी मिसाएर रोलरले सामान्य तरिकाले क्षणिकका लागि बनाइएको छ । दुई सय मिटर जतिमा क्षणिक समयका लागि बाटो बनाइएको हो । बर्षाको समयमा हिलाम्मे हुने उक्त बाटो वर्खामा धुलोले हिँडि नसक्नु हुन्छ । बाटो बर्षौदेखि ग्राभेल समेत हुन नसक्दा स्थानीय शान्तिनगर तथा तरहरा ओहोरदोहोर गर्ने सर्वसाधारण भने बर्षौदेखि निकै समस्यामा परेको कुरा भने नौलो छैन । तर, एक्कासी मंगलबार रातारात बाटो थोरै ठाउँमा ग्राभेल हुँदा स्थानीयबासी चकित बने । उनिहरुले बाटो, सडक, पूल उहिले राजा हिँडदा रातारात बन्ने गरेको सम्झना गरे । बाटो सडक सर्वसाधारण जनताका लागि होइन, उनिहरु लाई शासन गर्ने शासक वर्गका लागि बन्ने रहेछ भन्ने उहिलेको चलन फेरी दोहोरिन थालेको अर्थमा यस्लाई लिएका छन् ।

bato

इटहरी–२ शान्तिनगरका बासिन्दाहरुलाई पानीपियाको बाटो ओहोरदोहोर गर्दा निकै समस्या हुन्थ्यो । नजिकै चारकोशे झाडी रहेका कारण अहिले पनि जंगली जनावरको आक्रमणमा पर्न सकिने भएकाले साँझ बिहान हिड्दा उतिनै कठिनाई भएकाले तरहरा चौकको बाटो क्षेत्रीय कृषि अनुसन्धान हुँदै शान्तिनगर सम्म पुग्ने बाटो नबन्दा यहाँका बासिन्दामा समस्या सँगै आक्रोश समेत बढ्दै आएको छ । तर, मंगलबार राष्ट्रपति भण्डारीको आगमनले केही हदसम्म ग्राभेल बनेको छ भने अन्य ठाउँमा पहिलाको जस्तै रहेको छ । ‘राष्ट्रपति आउने भएपछि नगरपालिकाले बाटो बनाएको हो,’ कृषिका लेखापाल शोभितलाल यादवले भने, ‘बाटो बन्यो सबैको लागि राम्रै भयो ।’ यहाँ दैनिक जसो दर्जनौ भेन र सयौँ सफारीहरु आवत जावत गर्ने गर्दछन् । यो बाटो पूर्वकै पर्यटकीय स्थल तालतलैया सम्म जाने मुख्य मार्गकै रुपमा समेत रहेको छ । तर, बाटोको दुरअवस्थाले गर्दा यो बाटो हिड्ने जो कोहि पनि दिक्क मान्छन् । स्थानीय बासीका अनुसार केही समयका लागि थोरै बाटो बन्नु भन्दा पहिलेकै ठीक रहेको बताउँछन् । कि त बाटो बनेपछि पूरै बन्नुपर्ने होइन भने थोरै ठाउँमा देखावटी काम हुुनु अस्वभाविक रहेको स्थानीयको बुझाई रहेको छ ।

यस बारे इटहरी वडा २ का अध्यक्ष हर्क बहादुर मगर सँग बुझ्दा उनले नगरले, सडक विभाग, वडाले गरि बाटो निर्माण गरिएको जानकारी दिए । उनले भने, ‘हाम्रो वडाले मिसगिटी हालेको हो, वडास्तरीय बजेट सकिएकाले थोरै ठाउँमा मात्रै बाटो बन्यो अरु ठाउँमा अब नगरले सहयोग गरेमा सम्भव छ ।’ राष्ट्रपति आउन्जेलका लागि मात्रै बाटो बनेको हो भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो यो पूर्व योजना नै थियो, राष्ट्रपति आउने भन्ने थाहै थिएन ।’ केही समयका लागि खाल्डा खुल्डी भर्ने भनेर मिसगिटी लगाएको बताउँदै उनको गैरजिम्मेवारी पूर्ण जवाफ थियो ।